‘छ माया छपक्कै’को ट्रेलरमा यस्तो छ दीपक र केकीको माया प्रेम (भिडियो)

799

असोज ३,
काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा राजनीति र प्रेमको समिश्रण देख्न सकिन्छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी प्रेममा भएको देखाइएको छ । ट्रेलर हेर्नुहोस् :

यस्तै चलचित्रमा दीपक र केकीका अलावा, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर वाङदेल, अनुराग कुवँर, बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, रजनी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको स्किृप्ट दीपकराज गिरीले तयार पारेका हुन् भने हरि हुमागाईंले खिचेका हुन् । रोहित अधिकारीको लगानी रहेको यो चलचित्र कमेडी जानरामा निर्माण भएको हो । चलचित्र दशैँको अवसर पारेर यही असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।