दुई द्धन्दकालिन आयोगका पदाधिकारी चयनका लागि सिफारिस समिति गठन

97

चैत १४,
काठमाडौँ -सरकारले दुई द्धन्दकालिन आयोगका पदाधिकारी चयनका लागि सिफारिस समिति गठन गरेको छ । वेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्त गर्न पूर्व प्रधानन्यायाधिशको नेतृत्वमा सिफारिस समिति गठन गरेको हो ।

मन्त्रिपरिषद बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिनुभयो । समितिको सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा उनले तोकेका एक जना सदस्य पनि सिफारिस समिति सदस्य रहनेछन् ।

यस्तै, समितिको सदस्यहरुमा वरिष्ठ अधिवक्ता रामनाथ मैनाली, प्रेमबहादुर खड्का र शर्मिला कार्की रहनु भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगका पदाधिकारी चैतदेखि पदमुक्त भएका थिए ।