‘बाटैमा रहेछ घर’ गीतमा अन्जली र महेश (भिडियो)

304

असोज २,
काठमाडौं । रेखा शाह र राजन राज सिवाकोटीको स्वर रहेको ‘बाटैमा रहेछ घर तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ । गोविन्द राईले कोरियोग्राफी गरेको गीतमा महेश खड्का र अन्जली अधिकारी फिचर्ड छन् । गीत हेर्नुस् :

राजन राज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा राजन इशानको संगीत संयोजन रहेको छ । दिपेन बस्न्यातले छायांकन गरेको म्युजिक भिडियोलाई दिपेनले नै सम्पादन गरेका छन् । निर्जला खनालको कन्सेप्ट रहेको म्युजिक भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।