Thursday, October 29, 2026
Home शिक्षा लोकसेवाले माग्यो नौ हजार बढी कर्मचारी (सूचना सहित)

लोकसेवाले माग्यो नौ हजार बढी कर्मचारी (सूचना सहित)

675

जेठ १५,
काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहमा ९ हजारभन्दा बढी कर्मचारी राख्न विज्ञापन खुलाएको छ। गोरखापत्रमा बुधबार सूचना छापेर आयोगले स्थानीय तहका लागि प्राविधिक/अप्राविधिक गरी ९ हजार एक सय ६१ दरबन्दीका लागि आवेदन माग गरेको हो। आयोगले चौथो, पाँचौं र छैटौं तहका कर्मचारी माग गरेको छ। कर्मचारी समायोजनपछि पनि रिक्त रहेका स्थानीय तहमा काम गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको विवरण सिफारिस अनुसार आयोगले विज्ञापन खुलाएको जनाएको छ।

६७ हजार दरबन्दी रहेको स्थानीय तहमा अहिले ४२ हजार हाराहारीमा कर्मचारी छन्। मन्त्रालयले स्थानीय तहमा रिक्त रहेका कर्मचारी विवरण माग गरेर पदपुर्तिका लागि आयोगलाई सिफारिस गरेको थियो। असार ३ गतेसम्म निवेदन दिने म्याद राखेर आयोगले विज्ञापन खुलाएको हो। आयोगबाट यति धेरै संख्यामा कर्मचारी माग भएको यो पहिलो पटक हो। आयोगबाट उत्तिर्ण भएका उमेद्वारलाई रोजेको स्थानीय तहमा खटाइनेछ। उनीहरुलाई स्थानीय तहले नै स्थायी नियुक्ति दिने आयोगले गरेको विज्ञापनमा उल्लेख छ। तलवलगायत सुविधा स्थानीय तहले तोकेअनुसार हुनेछ।

अनलाइन फारम psconline.psc.gov.np मा गएर भर्नुपर्ने हुन्छ  ।

बिज्ञापनको पुरा सूचना हेर्नुहोस् ।

https://drive.google.com/file/d/1Bm_rJ9JlTgTDzbIpF5lV8C5maRBl_QSs/view