Monday, October 12, 2026
Home राजनीति यी हुन् प्रधानमन्त्री ओलीका तीन उपाय जसले जनतालाई दुःखबाट मुक्त...

यी हुन् प्रधानमन्त्री ओलीका तीन उपाय जसले जनतालाई दुःखबाट मुक्त गराउँछ

119
फाइल तस्बिर

अशोज १,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुमुक्त गराउने तीन वटा उपाय प्रस्तुत गरेका छन् । सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्धान र वीर पुर्खाका जीन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउ बताएका छन् । ‘नेपाली जनताले दुःख पाउनुपर्ने कुनै कारण छैन्, तीन वटा कारण छन, जसले नेपाल पछाडि पर्नुपर्ने आवश्यक्ता छैन,’ प्रधानमन्त्री ओलीले भने ।

‘हामी विद्धान पुर्खाका सन्तान हौं, विद्धान र वीर पुर्खाका सन्तानको जीन हामीसँग छ । दोस्रो, प्राकृतिक हिसावले हाम्रो देश सुन्दर मात्रै होइन, अत्यन्तै स्रोत सम्पन्न छ, प्राकृतिक हिसाबले धनी छ । अर्को, अहिले पनि हामीसँग क्रियाशील युवा जनसंख्या ठूलो छ’ ओलीले भने,‘नेपाली जनतालाई यी तीन वटै स्रोतको माध्यामबाट विकास गरेर दुःख पाईरहनुपर्ने अवस्था अन्त्य गर्न सकिन्छ ।’