फागुन २६,
भक्तपुर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको पहिलो कार्यक्रममा मौसमले साथ नदिदाँ आयोजकलाई तनाव भएको छ ।
आइतबार दिउँसो १ बजे चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा मुख्यमन्त्रीको प्रमुख आतिथ्यता नगरलाई पूर्ण खोप युक्त घोषणा गर्ने र स्थापना दिवस मनाउने भव्य तयारी थियो ।
तर प्राकृतिले कार्यक्रमलाई साथ दिएन । केही समय आगाडीसम्म चर्कोघाम लागेको कार्यस्थल एकाएक हिले मैदान भयो ।
मुख्यमन्त्री पौडेल २ः३० तिर कार्यक्रम स्थलमा आइपुग्दा निर्धातिर सभास्थलमा कोही पनि थिएन् ।
नगरपालिका कार्यक्रम गर्न बनाएको मञ्च र दर्शकदिर्घा खाली कुर्सीहरु मात्र भए ।
पानी परेसंगै सबैजना नजिकै रहेको हलमा पुगिसकेका थिए । हलको सानो मञ्चमा दर्जनौ अतिथिलाई बसाउने ठाउँ थिएन् । अर्कातिर विद्युत र साउण्ड सिस्टम नहुदाँ केही समय कार्यक्रम नै रोकियो । आयोजक नगरपालिकाका नगरप्रमुख सोम प्रसाद मिश्र कर्मचारीहरुलाई आवश्यक कुराको व्यवस्था गर्न निर्देशन दिइरहेका थिए ।
भक्तपुरमा पहिलो पटक ३ नम्बर प्रदेशका अन्य मन्त्रिहरु समेत कार्यक्रममा उपस्थित रहेका थिए । प्रदेशसभाका सांसदहरु समेत कार्यक्रमा थिए ।
जेष्ठ नागरिकलाई सम्मान पछि नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा पछि मुख्यमन्त्रीलाई शुभकामना व्यक्त गर्न लगाउदैं आयोजकले कार्यक्रम समाप्त गरे ।
प्रदेश सरकार कहाँ छ खोज्नु अवस्था छः मुख्यमन्त्री पौडेल
भक्तपुरको चाँगुनारायण नगरपालिलाई पूर्ण खोप युक्त नगर घोषणा गर्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्रीको डोरमणी पौडेलले अघिल्लो सरकारले प्रदेशको ऐन कानुन नबनाउदाँ अहिले प्रद्श सरकार कहाँ छ भनेर खोज्नु पर्ने अवस्था आएको बताए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले भने ‘अहिले कुनै ऐन कानुन नभएकाले पहिलो चरणमा हामी एने कानुन बनाउदैं छौ ।’
सपथ लिएको आजै एक महिना भएकाले केही नयाँ काम गर्न नसकेको भन्दै उनले ६ महिनाभित्र प्रदेशका बासिन्दाले परिवर्तनको महशुस गर्ने गरि काम हुने दाबी गरेका छन् ।
प्रदेशको निर्वाचनको समयमा घोषणा पत्रमा उल्लेख गरेका कुरा क्रमश गर्दै जाने प्रतिवद्धता समेत मुख्यमन्त्री सो अवसरमा व्यक्त गरे ।
‘प्रन्धदिन प्रदेश सरकारको भावि योजना र कार्यक्रम सार्वजनिक हुने छ,’ पौडेलले भने ।
जताजतै दलालीतन्त्र मौलाएकाले पैसाविना जनताको काम नहुने अवस्था रहेका भ्रष्ट्रचार भ्रष्ट्रहरुको अन्त्यकोलागि सबै एकजुट हुन समेत मुख्यमन्त्री पौडेलले आग्रह गरेका छन् ।