हेर्नुहोस् दया र उपासनाको ‘माया पिरती’ (भिडियो)

265

भदौ ३०,
काठमाडौ । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को माया पिरती बोलको गीत सार्वजनिक भएको छ ।

भिडियो हेर्नुस् :

सार्वजनिक गीतमा दयाहाङ राई र उपासना सिंह ठकुरी फिचर्ड छन् । काली प्रसाद बास्कोटाको गायन, शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन सनी सुनमको रहेको छ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ र उपसनासँगै विल्सन विक्रम राई, कर्म शाक्य, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्की लगायत कलाकारको अभिनय छ । यो फिल्ममा मनी राम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी रहेको छ ।

जातिय विवाह र अन्र्तजातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठ र सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । फिल्म यही शुक्रबार असोज ३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।