बलिउड गायक टोनी कक्कर नेपाल आउने

148

भदौ ३०,
काठमाडौं । बलिउड गायक टोनी कक्कर टोनी असोज २ नेपाल आउने भएका छन् । उनि सी एन आई इभेन्ट्सको आयोजनामा हुन लागेको कार्यक्रममा नेपाली हुन् । केही समय अगाडि मात्र भारतीय गायिका नेहा कक्कर नेपाल आएकी थिइन् ।

टोनीले ठमेलको ‘क्लब फहरेन्टहाइट’मा आफ्नो प्रस्तुति दिने आयोजकले बताएको छ । उनले, एक भिडियो सन्देश सार्वजनिक गर्दै ‘भिजिट नेपाल २०२०’को अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेका छन् । कार्यक्रम बेलुकी ८ बजेबाट सुरु भई बिहान ४ बजेसम्म चल्ने बताइएको छ । ‘ कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत गाएर दर्शकको मन जितेका छन् ।