काठमाडौंको मनमैंजुमा २ जना बालिकामाथि बसभित्रै बलात्कार, सहचालक पक्राउ

206

भदौ ३०,
काठमाडौं । राजधानी काठमाडौंको मनमैंजुमा २ जना बालिकामाथि बसभित्रै बलात्कार भएको छ । मनमैंजु चोकमा घाइते अवस्थामा फेला परेकी ११ वर्षीय एक बालिकाको स्वास्थ्य परीक्षणका क्रममा बालिकामाथि बलात्कार भएको खुल्न आएको हो । बालिकाले प्रहरीलाई बताए अनुसार बा ४ ख ८२ नम्बरको बसमा उनीसहित १ जना अर्की बालिकामाथि बलात्कार भएको हो ।

प्रहरीले बालिकामाथि बलात्कारको अभियोगमा बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई सोमबार पक्राउ गरेको छ । प्रहरीका अनुसार एल्जितले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको मेडिकल परीक्षणबाट पुष्टि भइसकेको छ । उनले ११ वर्षीया बालिकाकी साथी अर्की १० वर्षीया बालिकामाथि पनि यौन दुव्र्यवहार गरेको देखिएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।