Saturday, September 26, 2026
Home राजनीति मैले अमेरिकाको विरोध गरेको छैनः प्रचण्ड

मैले अमेरिकाको विरोध गरेको छैनः प्रचण्ड

100

भदौं २८
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा भएको भेटबारे मिडियाले गलत प्रचार गरेको आरोप लगाएका छन् । आफूले विदेशमन्त्री यीसँग नेपालको घोषित परराष्ट्रनीति अन्तरगत नै कुराहरु राखेको बताउँदै मिडियामा त्यसबारे गलत ढङ्गले प्रचार भएको बताएका हुन् ।

‘हाम्रो विदेश नीति प्रष्ट छ । असंलग्न र स्वतन्त्र विदेश नीति नेपालको विदेश नीतिको आधार हो । त्योबाट नेपाल विचलित छैन र विचलित हुँदैन,’ इलाममा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा उनले भने, ‘त्यही अनुरुप हामी कुनै पनि शक्ति राष्ट्रको सैनिक गठबन्धनमा सामेल हुँदैनौँ । चाहे त्यो विमस्टेकको सन्दर्भमा सैन्य अभ्यासको कुरा होस्, चाहे त्यो इन्डो इन्डोप्यासिफिक फ्रन्ट अन्तरगतको सैन्य गतिवधि होस् वा अन्य कुनै सैन्य गठबन्धन वा त्यस्ता रणनीतिक उद्देश्यसहितका गठबन्धन होस्, हामी संलग्न हुनसक्दैनौँ, हुँदैनौ । सैन्य रणनीति सहित अएको अवस्थामा त्यसमा संलग्न हुन सक्दैनौँ ।’ अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्री नेपाल आउँदा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र आफूले पनि सारमा नेपाल कुनै सैन्य गठबन्धनमा जाँदैन भनेर कुरा राखेको स्पष्ट पारे ।