५ सय रुपैयाँ प्रहरीलाई दिन खोज्दा…..

सांकेतिक तस्विर

भदौं २८,
काठमाडौं । प्रहरीले घुस दिन खोज्ने चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँखु–रत्नपार्क चल्ने बसका चालक सुकुराम तामाङ रहेका छन् । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले साँखु नगरपालिका–६ स्थित सडकमा २७ गते राती १० बजे चेकिङ गरिरहेको अवस्थामा मापसे गरेर बस चलाएका तामाङले प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोजेका थिए । मापसे सेवन गरेर अनियन्त्रित रुपमा बा ४ ख ७२३६ नम्बरको बस चलाएका तामाङले आफूलाई छाडिदिन भन्दै चेकिङमा खटिएका प्रहरीलाई ५०० रुपैयाँ घुस रकम दिन खोजको प्रभाग प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले रातोपाटीलाई जानकारी दिए । सार्वजनिक यातायातमा मादक पदार्थ सेवन गरेर बस चलाउने र प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने जो कोहीलाई पनि नछाड्ने इन्सपेक्टरको पन्थीको भनाइ छ । पक्राउ परेका तामाङलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको छ ।