बाँके घटनाको विरोधः गृहमन्त्रीलाई काँग्रेसको ज्ञापनपत्र

165

भदौं २८,
काठमाडौँ । बाँके घटनाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जिल्ला सभापति मार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ । नेपाली काँग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले सयुक्त रुपमा शनिबार बिहान सिंहदरबारमा पुगेर गृहमन्त्री बादललाई ज्ञापनपत्रका हुन् । विहीबार काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत बाँकेको सीतापुरमा आयोजित कार्यक्रममा बाँके जिल्ला सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्तामाथि आक्रमण भएको थियो । जसका जिल्ला सभापति कोइरालाको हात भाँच्चिएको थियो भने अन्य केही घाइते भएका थिए ।

कार्यक्रम विथोल्न सत्तारुढ दल नेकपाका स्थानीय नेता तथा कार्यकर्ता प्रवेश गरी आक्रमणमा काँग्रेसले जनाएको छ । पार्टीले उक्त घटनालाई घटनाका रुपामा नभइ प्रवृतिका रुपमा लिएको भन्दै गृहमन्त्री बादललाई ज्ञापनपत्र बुझाइएको काँग्रेस काठमाडौँ सभापति सबुज बानियाँले बताए । यता गृहमन्त्री बादलले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले भने, ‘नहुनु पर्ने घटना भएको छ, दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ । घटनाका दोषीलाई कारबाही प्रक्रिया अगाडि बदाइसकिएको छ ।’ घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारबाही गर्ने उनले बताए । यति ठूलो घटना हुँदा पनि गृह प्रशासन संवेदनशील नभएको काँग्रेसको आरोप छ । उक्त घटनाको विषयलाई लिइएर काँग्रेसले दिउसो ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनको घोषणा गरेको छ ।