‘रातो टिका निधारमा’को गीत सार्वजनिक (भिडियो सहित)

247

भदौ २७,
काठमाडौँ । फिल्म ‘रातो टिका निधारमा’को ‘रातो टिका निधारमा टलक्क टल्कियो’ बोलको गीत रिलीज भएको छ । गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक अंकित शर्मा, निता ढुंगाना, रविन्द्र झा बुद्दि तामाङ र खुश्बु खड्काको अभिनय रहेको छ । साथै फिल्ममा लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयनन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायत कलाकारको अभिनय रहेको छ । गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । भिडियो हेर्नुहोस् :

अशोक शर्माले निर्देशन गरेको फिल्ममा किरण शर्मा र कृति शर्माको लगानी रहेको छ । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्र डि। गुरुङले सम्पादन गरेका छन् । फिल्म असोज १० गते देखि रिलिज हुनेछ ।