भक्तपुरमा बसले मोटरसाइकलाई ठक्कर दिदाँ एक जना गम्भिर घाइते

92

भदौ २७,
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरापालिका नलिन्चोकमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । शुक्रबार दिउँसो साढे ३ बजेतिर जगातीबाट साँगा तर्फ जादैं गरेको बा३ख८७०१ नम्बरको बसले साँगाबाट भक्तपुरतर्फ आउँदै गरेकोबा२ख५५६५ नम्बरको सरकारी मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका हुन् ।

घाइते हुनेमा धुलिखेल अस्पतामा प्राविधिको रुपमा कार्यरत कर्मचारी समेत रहेका महोत्तरी घर भएका सतेश कुमार यादव रहेको र उनलाई मध्यपुर ठिमी अस्पतालमा उपचारका लागि पठाइएको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।