Sunday, September 27, 2026
Home समाचार सरकारी कर्मचारीको गल्तीले उठीवास

सरकारी कर्मचारीको गल्तीले उठीवास

219

कार्तिक १९,
उदयपुर । नापी कार्यलयका एक कर्मचारीको गल्तीका कारण त्रियुगा नगरपालिका ४ बगाहाका एक परिवारको उठीवास हुने भएको छ । बाह्र वर्षअघि जिल्ला नापी कार्यालयका कर्मचारीले स्थानीयवासी मोहन गोलेको घरबार कद्माहा सडकखण्डको नाममा जग्गा दर्ता गरिदिएकाले उहाँको परिवार अहिले आफ्नो घरजग्गाबाट उठीवास हुने स्थितिमा पुुगेको हो । श्रीमतीसहित चारजनाको परिवर रहेका पीडित गोलेले बीस वर्ष अघि नै बर्रेको पुख्र्यौली जग्गा बिक्री गरेर बगाहामा घरसहित डेढ कठ्ठा भन्दा बढी जग्गा खरिद गरी बसोबास गर्दै आएको जानकारी दिनुुहुन्छ ।

साविकको देउरी गाविसको कित्ता नं ५५६ को उक्त जग्गा गाईघाट कद्माहा सडक खण्डभन्दा आधा किलोमिटर अर्थात् ५५० मिटर तल बगाहा गाउँमा पर्ने जग्गा सडकको नाममा दर्ता भएको पाएपछि आफू र आफ्ना परिवारको उठीवास हुने अवस्थामा पुगेको श्रीमती आशमाया बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“१२ वर्षअघि गाउँमा जिल्ला नापीबाट कर्मचारी आएका थिए, सोही बेला कर्मचारीले लापर्बाही गर्दा उक्त सडकखण्ड भन्दा टाढा गाउँको आफूहरुको घरजग्गा जग्गा सडकमा नापी दर्ता गरिदिएछन्, अहिले बल्ल आफूहरुले आफ्नो जग्गा बिक्री गर्न लाग्दा पो थाहा भएपछि बेहाल जस्तै भएका छौं ।” बाह्र वर्ष अघि तत्कालीन जिल्लाका नापी प्रमुख शैलेन्द्रकुमार नेपाली ९सुढी०नापी निरीक्षक राजेन्द्र मण्डल, अमिनी सत्यनारायण यादव र खरिदार तस्बीर श्रेष्ठको टोली गाउँमा आएका बेला सोही टोलीको लापर्बाहीका कारण अहिले आफ्नो जग्गा सडकमा परेको मोहनको गुनासो छ ।