Wednesday, September 30, 2026
Home समाचार मेलम्ची आयोजनाको चार किल्लाभित्र निषेधाज्ञा जारी

मेलम्ची आयोजनाको चार किल्लाभित्र निषेधाज्ञा जारी

79

भदौ २०,
सिन्धुपाल्चोक । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना स्थालनमा जानको लागि स्थानीय प्रशासनले रोक लगाएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आदेश जारी गर्दै मेलम्ची खानेपानी आयोजनाको कार्यालय, सुरुङ आसपासमा ५ जनाभन्दा धेरै मानिस प्रवेशमा रोक लगाइएको छ। सिएमसीले काम छोडेर हिँडेपछि तिर्न बाँकी रकम खोज्दै स्थानीय आन्दोलित भएका थिए। आयोजनापीडित बुधबारदेखि शान्तिपूर्ण धर्ना बसेका थिए। तर, बिहीबार झडपकै अवस्था सिर्जना भयो। प्रहरी र आयोजनापीडितबीच झडप हुँदा दुईजना घाइते भए।

प्रहरीले पीडितमाथि रवरको गोली र असुल ग्यास प्रहार गरेको थियो। फेरि, आयोजना स्थलमा अप्रिय घटना हुनसक्ने भएकाले ५ जनाभन्दा धेरैलाई हुलदंगा गर्ने उद्देश्यले प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी चेम्जोङले जानकारी दिइन्। शुक्रबारबाट अर्को आदेश जारी नभएसम्म आयोजना स्थलका चारकिल्लाभित्र प्रवेशमा रोक लगाइएको हो।