Tuesday, September 29, 2026

गजल

326

-सरु बस्नेत 
यौटी बुहारी आमाबुबा त्यागेर आएकी हुन्छे
नयाँ घर ,आँगन प्यारो सम्झेर आएकी हुन्छे

बिडम्बना यो समाजमा छोरीबुहारीमा विभेद
छोरीको स्थान पाइएला सोचेर आएकी हुन्छे

नारीमाथि नारीले अत्याचार गर्छन् तीतो सत्य
सोच्दैनन् आफ्नो मान्छे मानेर आएकी हुन्छे

बुझ्नुपर्ने उसको महानता, समर्पण र तपस्या
बाबाआमा साथीभाइ सबै भुलेर आएकी हुन्छे

बुहारी पनि छोरी हो ,यो भावना पलाएन यहाँ
जो नयाँ घरमा नयाँ नाता जोडेर आएकी हुन्छे।

निजगढ बारा