Monday, October 19, 2026
Home समाचार तत्कालीन एमालेका पूर्वसांसद डिबी कार्की कलंकीबाट पक्राउ

तत्कालीन एमालेका पूर्वसांसद डिबी कार्की कलंकीबाट पक्राउ

251

भदौ १९
काठमाडौं । तत्कालीन एमाले सांसद डोलबहादुर कार्की (डिबी)लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले कार्कीलाई बिहीबार बिहान कलंकीबाट पक्राउ गरेको हो। ‘इन्स्पेक्टर बनाइदिने’ भन्दै घूस लिएको अभियोगमा उनीविरूद्ध सर्वोच्च अदालतले ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

‘कार्कीलाई कलंकीबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले भने।

कार्की २०६७ भदौमा चार लाख घूस रकमसहित पक्राउ परी धरौटीमा छुटेका थिए। सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनी फरार भएका थिए। पहिलो संविधानसभा चुनावमा लमजुङबाट तत्कालीन नेकपा एमालेबाट उनी समानुपातिक सभासद चुनिएका थिए।