सरकारले गर्ने साप्ताहिक पत्रकार सम्मेलन आज नहुने

91

भदौ १९,
काठमाडौं । नेपाल सरकारले साप्ताहिक रुपमा गर्ने पत्रकार सम्मेलन आज नहुन भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत साता मन्त्रीपरिषद् बैठकले कुनै निर्णय नगरेकोले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको जानकारी गराएका हुन् ।

सरकारले प्रत्येक साताको बिहिवार मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै आईरहेको छ ।