टान चुनावी माहोल सुवेदी समुहको पक्षमा (उम्मेदवारहरुको परिचयसहित)

167

भदौ १८,
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को २० अर्थात सेप्टेम्बर ६मा सम्पन्न हुन गैरहेको आसन्न साधारण सभामा दुई पक्षिय प्रतिस्पर्धा हुने भएको छ । खुमबहादुर सुवेदी र कुमार थापाले प्यानलगत रुपमा मनोनयन र प्रचारप्रसार गरिरहेका छन् । काठमाडौंमा भएका विभिन्न भेला, बैठक र घरदैलो पछिको माहोल हेर्दा खुम सुवेदी समुह अगाडि देखिएको छ । लोकतान्त्रिक समुह र न्युटल व्यवसायी सुवेदी पक्षमा खुलेर लागेका छन् । माहोल अनुसार जित सुनिच्चित रहेको देखिएको सुवेदी प्यानलका प्रचारप्रसार संयोजक रामशरण थपलियाले बताएका छन् ।

सुवेदी प्यानलको संक्षिप्त परिचय :

१. खुमबहादुर सुवेदी, अध्यक्षका प्रत्यासी

ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमितिका लागि अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदी हाल बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । ४०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्वतिय पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका सुवेदी टानको पूर्व कोषाध्यक्ष समेत हुनुहुन्छ । उहाँ पर्यटन व्यवसाय मात्र हुुनुहुन्न, नियात्राकार समेत हुनुनहुन्छ । ‘पदयात्राका पाईलाहरु’ र ‘बेल्जियमका’ क्षणहरु सुवेदीका दुई नियात्रा कृति हुन् । यूनिक एडभेन्चर इन्टरनेसनल प्रालि, ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोटर््का प्रबन्ध निर्देशक सुवेदीलाई आम पर्यटन व्यवसायीहरु आँखामा राखे पनि नबिझाउने व्यक्तित्वका रुपमा चित्रित गर्ने गर्छन । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मानहरुवाट सम्मानित भइसक्नुभएका धादिङ, ज्वालामुखीका सुवेदीले नेपाली पर्यटन प्रवद्धनार्थ ४० भन्दा बढी देशहरुको भ्रमण गरिसक्नुभएको छ । उहाँ सामाजिक सेवामा कृयाशील ह्यान्ड इन ह्यान्डा नेपालका समेत अध्यक्ष हुनुहुन्छ । पर्वतिय पर्यटन व्यवसायीहरुमाझ निकै लोकप्रिय उहाँको बहुआयामिक व्यक्तित्व, मिलनसाररिता र संस्थागत अनुभव नै उहाँको विजयको आधार रहेकोमा आममदाता विश्वस्त देखिन्छन् ।

 

२. नविन त्रिताल, बरिष्ठ उपाध्यक्षका प्रत्यासी

वरिष्ठ उपाध्यक्षका प्रत्यासी नविन त्रिताल हिमालयन एक्सपिडिसनका प्रवन्ध निर्देशक हुनुहुन्छ । त्रिताल समय परिस्थिति अनुसार कडा र नरम दुवै हुन सक्ने लिडरसीप क्वालिटीका धनी हुनुहुन्छ । पूर्व नेपालाको संखुवासभाबाट राजधानीमा आएर उहाँले व्यवसायीक सफलतामात्र हात पार्नु भएको छैन, पर्वतिय पर्यटन क्षेत्रमा आफ्नो अलग्गै स्थान बनाउन सफल हुनु भएको छ । संयुक्त राज्य अमेरिका, रसिया, सिगापुर, मलेसियालगायत अन्य थप्रै देश भ्रमण गरी पर्यटन विकासका अनेक सुत्र पहिल्याउनु भएका उहाँको विजयले टानको नेतृत्व थप हुनेछ । सन् २००० मा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका त्रिताल स्नातकसम्मको अध्ययन गर्नुभएको छ ।

३. चोलन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षका प्रत्यासी


प्रथम उपाध्यक्षका प्रत्यासी चोलेन्द्र बहादुर कार्की २०४४ असार १७ गते सोलुखुम्वु, दुधकोशी–३ बसामा जन्मिनुधएको हो । मानविकीमा स्नातकसम्मको अध्ययन गर्नुभएका उहाँ हिमालयन जोय एडभेन्चरका प्रबन्ध निर्देशक हुनुहुन्छ । सम्पदा गार्डेन होटेलका संचालक समेत रहनुभएका उहाँ २०६० सालमा पर्यटन क्षेमा आनुभएको ओ । पोर्टर, गाइड हँदै यो क्षेत्रमा जम्दै गर्नुभएका उहाँको विशेष रुचि समाजसेवामा छ । एड पलर नेपाल र सुतार कार्की समाजका केन्द्रिय अध्यक्ष कार्की लायन्स र किवानीज क्लवमा पनि आवद्ध हुनुहुन्छ । नेपाली पर्यटन प्रर्वद्धनका लागि स्वीट्जरल्यान्ड, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यानड, चीन, जापान, सिंगापुर दुवईलगायतका देशहरुको भ्रमण गरिसक्नु भइको कार्की युवा जोश, जाँगर र उत्साहले भरिपूर्ण हुनुहुन्छ । उहाँको विजयको मुख्य आधार पनि त्यही हो ।

४ भरत सापकोटा, द्धितिय उपाध्यक्षका प्रत्यासी


द्धितिय उपाध्यक्षका प्रत्यासी भरत सापकोटा युवा पुस्तामाझ निकै लोकप्रिय हुनुहुछ । लायन्स क्लव अफ नेपाल एभरेस्टका पूर्व अध्यक्ष सापकोटा व्यवसायमात्र होईन, समाज सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सन् २००१ मा पर्यटनमा प्रवेश गर्नुभएका नेत्रावती, टोड्के, धादिङ निवासी सापकोटा हेल्पिङ ह्यान्डस् पाउन्डेसनका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । पयर्टन सेवा संघमा सदस्य र कोषध्यक्षको अनुभव हाँसिल गरिसक्नुभएका उहाँ ब्रेकफ्री एडभेन्चसर्् र हिमालयन लक्जरी होलिडेजका प्रबन्ध निर्देशक हुनुहुन्छ । संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, स्विजरल्यान्ड, जर्मनी, फ्रान्स, रसिया, भुटानसहित दुई दर्जन देशकोे भ्रमण गरी अन्तराष्ट्रिय पर्यटनलाई समेत गहिरो गरी बुझ्नुभएका उहाँ टिप्स तथा टान कार्यालय व्यवस्थापनको लागि सफ्टवेर डेभलपमेन्टमा जोड दिनु हुनुहन्छ । पुराना रुटहरुको प्रर्वघन र नयाँ रुटको खोजी गर्दै नेपाली पर्वतिय पर्यटलाई नयाँ उचाईमा लैजाने उहाँको इच्छालाई अनुमोदित गरी मतदाताले उहाँलाई विजयी गराउने छन् ।

५. कर्मा शेर्पा, महासचिवका प्रत्यासी


महासचिवका कर्मा शेर्पा युवा जोश र उत्तिकै परिपक्व होश भएका हिमाली शेर्पा हुनुहुन्छ । कुरा भन्दा काममा बढी विश्वास गर्ने व्यवस्थापनमा स्नातकगर्नु भएका शेर्पा चर्चा कम र काम बढी गर्नेमध्येको एक हुनुहुन्छ । शेर्पा समुदायमा मात्र होईन, आम पर्यटनकर्मी माझ उत्तिकै लोकप्रिय शेर्पा नोम्याड नेपाल ट्र««ेक्स एन्ड एक्सपिडिसनका प्रबन्भ निर्देशक हुनुहुन्छ । दियो पर्यटनका लागि वकालत गर्दै आउनु भएका सोलुखुम्वु निवासी शेर्पाले फ्रान्स, स्विजरल्यान्ड, थाइल्यान्डm अमेरिका, क्यान्डन, जर्मनीलगायत दर्जन बढी देशको भ्रमण गरि नेपालको पर्वतिय पर्यटनको प्रचारप्रसारमा उल्लेख्य भुमिका निवार्ह गरिसक्नु भएको छ । व्यवसायका साथसाथै संचार, शिक्षा र समाजसेवामा पनि उत्तिकै सक्रिय शेर्पाको जीत सुनिश्चित रहेको आममतदाताको बुझाइ रहेको छ ।

६ प्रदिपकुमार घिमिरे, सचिवका प्रत्यासी


सचिवका प्रत्यासी प्रदिपकुमार घिमिरे सेन्ट्रल मिालयन ट्र««ेक्स एन्ड एक्सपिडिसनका संचालक हुनुहुन्छ । उहाँ सन् १९९६ देखि २०१० सम्म ट्रेकिङ गाइडको रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यसक्रमा उहाँले नेपालका अनेक पहाडहरुको यात्रामात्र गर्नुभएन, त्यहाँका समस्या र सम्भावनावारे पनि गहिरो गरी बुझ्ने अवसर प्राप्त गर्नु भयो । नेपालको पर्वतिय पर्यटनको विकासका लागि लायन्समा समेत आवद्ध दोलखा निवासी उहाँको त्यो गहिरो अनुभव टानकै लागि ठुलो सम्पति मान्न सकिन्छ । टान सचिवका रुपमा उहाँले पहाडी अनुभवमा आधारित अनफ्ना आइडियालाई प्रभावकारी रुपमा प्रयोग गर्नु हुनेछ भन्ने आम मतदाताले अपेक्षा गरेका छन् ।

७. ऋतु ग्याम्दान, कोषाध्यक्षकी प्रत्यासी


टान निर्वाचन २०७५ मा सवै भन्दा बढी मत ल्याएर महिला सदस्य बन्नुभएकी ऋतु ग्याम्दानले टान ज्वाइन्ट ल्होसार क्लचर प्रोग्राम र टान इन्टरनेशनल लाङटाङ म्याराथनकी संयोजक भएर आफ्नो कार्यकुहलता प्रमाणित गरिसक्नु भएको छ । व्यवस्थापनमा स्नातक रसुवाकी ग्याम्दान एकाध महिला इन्स्ट्रक्टरमध्येकी एक हुनुहुन्छ । ट्रेकिङ गाईड र कायाकर समेत रहनुभएकी उहाँ नेपाल फिमेल गाईड प्रालिकी प्रबन्ध निर्देशक हुनुहुन्छ । सेलिबे्रटी वुमनहुड नवदेवी सम्मान २०७० बाट सम्मानित नेपाल उस्सु महासंघकी केन्द्रिय सदस्य समेत रहनुभएकी उहाँसँग पर्यटन सेवा संघको सचिवको पनि अनुभव छ । लामो समयदेखि ट्रेड युनियनमा समेत आवद्ध उहाँ महिला सशक्तिकरण, अशक्त बालबालिका, पर्यटन आदि क्षेत्रमा सकृय ग्रामीण प्रगति समाज, रसुवाकी अध्यक्ष समेत हुनुहुन्छ । रसुवा–नुवाकोट पर्यटन समाजकी सहसचिव समेत रहनुभएकी ग्याम्दानको सकृयता लोभलाग्दो छ । लायन्समा पनि उत्तिकै सक्रिय उहाँको विजय महिला सशक्तिकरणको दिशामा महत्वपूर्ण पाईला हुनेछ ।

८. सुर्यकुमार श्रेष्ठ, सहकोषाध्यक्षका प्रत्यासी

सहकोषाध्यक्षा प्रत्यासी सुर्यकुमार श्रेष्ठ मिालयन ट्रेकिङ प्रा.लिका प्रबन्ध निर्देशक हुनुहुन्छ । १५ वर्षदेखि पर्यटनमा रहनुभएका उहाँ व्यवसायसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । खासगरि विद्यालयहरुमा सहयोग गर्नुभएका उहाँ अनेकौ पटक सम्मानित भइसक्नुभएको छ । स्नातक उत्तिर्ण धादिङ निवासी श्रेष्ठ चीन, बंगलादेश लगायतका देशहरुको भ्रमण अनुभव रहेको छ । टानलाई व्यवसायीक संस्थाको रुपमा बलियो बनाउने उद्धेश्यसहित उहाँ सहकोषाध्यक्षको प्रत्यासी हनुभएको छ ।

९. खोमराज अधिकारी (संतोष), सदस्यका प्रत्यासी


सदस्यका प्रत्यासी खोमराज अधिकारी (संतोष) एडभेन्चर मास्टर ट्रेक एनड एक्सपिडिसन्का प्रबन्ध निर्देशक हुनुहुन्छ । डेढ दशकअघि पर्यटनमा प्वेश गर्नुभएका उहाँ व्यवसायका साथसाथै पवित्र सेवा समाज, भंगेरी मठ मन्दिर समाज, नेपाल इन्टिग्रटेडेड डेभलमेन्ट आदिमार्फत समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । अस्ट्रेलिया, बेलायत, स्विजरल्यान्ड, फ्रान्स, नेदरल्यान्ड, थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, सिंगापुर, मलेसिया आदिको यात्रा गरिसक्नुभएका धादिङनिवासी अधिकारी टिम्स व्यवस्थापन, नयाँ रुटहरुको खाजी र खस्कँदो अवस्थाको टानलाइृ नयाँ उचाई दिने कुरामा विशेष जोड दिनु हुन्छ । उहाँको विजय टानमा नयाँ पुस्ताको आगमन र सम्मान दुवै हो ।

१०. सिम्बिर घले, सदस्यका प्रत्यासी

सदस्यका प्रत्यासी सिम्बिर भले हिमालय भ्यू ट्रेक्सका प्रबन्ध निर्देशक हुुनुहुन्छ । रुवी भ्याली, धादिङ भले विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेर समाजसेवा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । गीत संगीतमा रुचि मात्र हौइन, परिआए नाच्न गाउन समेत पछि नपर्ने घले साथीभाइमाझ निकै लोकप्रिय हुनुहुन्छ । सन् १९९९ मा पर्यटनमा क्षेत्रमा प्रवेश गर्नुभएका उहाँ सामुहिक सक्रियतामा विश्वास राख्नु हुन्छ । पोर्टरको रुपमा यो क्षेत्रमा आउनु भएका घले ट्रेकिङ गाइड हँदै कम्पनी मालिक हुनुभयो । नेपाली पहाडका चप्पाचप्पा चर्हार्दाका अनेक अनुभवले धनि घलेको सवजय पर्वतिर्य क्षेत्रमा नयाँ पुस्ताको सशक्त र सकारात्मक हस्तक्षेप हुनेछ ।

११. सोनाम ग्याल्जेन शेर्पा, सदस्यका प्रत्यासी


सदस्यका प्रत्यासी सोनाम ग्याल्जेन शेर्पा सोलुखुम्वु, गार्मा निवासी हुनुहुन्छ । एशियन अल्पाईन ट्रेक्स एन्ड एक्सपिडिसनका प्रवन्ध संचालक शेर्पा टिम वर्कमा विश्वास गर्नु हुन्छ । पर्वतिय पर्यटनमा शेर्पाको शानलाई टानमा गएर अझ चम्किलो बनाउने उहाँको उद्धेश्य छ । ‘ म होईन, हामी’को भावना र व्यवहारले मात्र समग्र पर्वतिय पर्यटन क्षेत्रको विकास गर्न सकिने उहाँको विश्वास नै यसपटक उहाँको विजयको सवैभन्दा ठुलो आधार हो । शेर्पाले जर्मनी, इटाली, बेलायत, क्यानडा, भारत, चिन, अस्ट्रेलिया, अस्ट्रेयालगायत झन्डै दुई दर्जन देशहरुको भ्रमण गरेर नेपालको पर्यटन प्भारप्रसार गरिसक्नुभएको छ । उहाँ अध्यक्ष रहेको हिमालयन केयर फाउन्डेसनले सयभन्दा बढी स्कुलमा भवन निर्माण र चार सय भन्दा बढी गरीब विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।

१२.कान्छा शेर्पा, सदस्यका प्रत्यासी


सदस्यका प्रत्यासी कान्छा शेर्पा निमा एडभेन्चर ट्रेक्स एनड एक्सपिडिसनका प्रबन्ध निर्देशक हुनुहुन्छ । सन् १९९९ मा क्लाइम्बिङ शेर्पावाट सुरु उहाँको पर्यटन करिअर ट्रेकिङ गाइड र क्लाइम्बर हँदै बढ्यो । नेपालमा रहेका ८ अजार मिटर भन्दा अग्ला आठवटामध्ये सगरमाथासहित सातवटा हिमाल आरोहण गरिसक्नुभएका उहाँलाई अर्को शब्दमा हिउँ चितुवा भन्दा पनि फरक पर्दैन । सोलुखुम्वु निवासी शेर्पाले जापान थाइल्यान्ड, चीनलगायतका देशको भ्रमण गर्नुभएको छ । टानका समस्या बुझेर त्यसलाई हल गर्न त्यहाँ जाने उहाँको सीधा र सरल उत्तरबाटत बुझिन्छ, चनावअभि ठ।ला कुरा गर्ने तर पछि केहि नगर्ने संस्कारविरुद्ध उभिएर विजयी भएपछि उहाँले कामैबाट आफुलाई प्रमाणित गर्नु हुनेछ ।

१३. केशव प्रसाद दाहाल , सदस्यका प्रत्यासी


सदस्यका प्रत्यासी केशव प्रसाद दाहाल रेन्वो ट्रेक्स एन्ड एक्सपिडिसन र रेन्वो सफारी टुर्स् एन्ड टाभल्सका प्रबन्ध निर्देशिक हुनुहुन्छ । गोरखा तान्द्राङमा जन्मिनु भएका स्नातकोत्तर दाहाल विभिन्न सरकारी तथा गैरसरकारी संभ संस्थावाट पटकपटक सम्मानित भइसक्नुभएको छ । रेडक्रस, लायन्सलगायतमा संघसंस्थामा आवद्ध उहाँले अमेरीका र एसिया तथा युरोपका गरी दुई दर्जन देशको भ्रमण गरिसक्नु भएको छ । सन् १९९७ मा पर्यटनमा पवेस गर्नु भएका उहाँको एउटै उद्धश्य टानको गरिमा उच्च बनाउनु रहेको छ ।

१४. सनम शेर्पा, सिदस्यका प्रत्यासी


सदस्यका प्रत्यासी सनम शेर्पा अल ग्राउन्ड एन्ड एक्सपिसनको साथै याँखो साम्बाला अर्पाटमेन्ट एन्ड रेस्टुरेन्टका प्रबन्ध निर्देशक हुनुहुन्छ । जापान जर्मनी, कोरिया सिंगापुरलगाएतका देशहरुको भ्रमण्(ा गर्नु भएका सनम सन् २००० देखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । एसिसटेन्ट गाइृड, गाईड र क्लाइम्बरसमेतको अनुभव हाँसिल गरिसक्नुभएका उहाँ हिमालयन शेर्पा क्लव, कपन शेर्पा क्लव किडुकलगायतका संघसंस्थामा आवद्ध हुुनुहुन्छ । सितुरियो कराँतमा वान डान उहाँले विभिन्न विद्यालयहरुमा प्रशिक्षक रहेर विद्यार्थीहरुलाई मार्शल आर्ट सिकाउनु भएकोछ । सोलुखुम्वुको पासाङल्हामु गाँउपालिका, चौरीखर्क निवासी शेर्पा साइकलिङका सौखिन हुनुहुन्छ । केही वर्ष अघि उहाँले लाङटाङको क्यानजीङसम्म साइकलिङ गर्नुभएको थियो ।

१५. रविन्द्र मर्हजन, सदस्यका प्रत्यासी


सदस्यका प्रत्यासी रविन्द्र मर्हजन एक्सपेरियन्स आउटडोर्स एन्ड नेपालका प्रबन्ध निर्देहक हुनुहुन्छ । ललितपुर निवासी उहाँ शान्ति शिक्षा अभियान नेपालका ।अध्यक्ष समेत हुुनुहुन्छ । प्रवल जनसेवा श्री पदकले सम्मानित उहाँले संयुक्त राज्य अमेरिका र युरोप देशहरुको भ्रमण गर्नु भएको छ । सन् १९९४ मा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका बहुआयमिक व्यक्तित्व मर्हजनको विजयले टानको विकासमा महत्वपुर्ण योगदान योगदान पु्र्याउने छ ।

१६. तेन्जिङ शेर्पा, सदस्यका प्रत्यासी


सदस्यका प्रत्यासी तेन्जिङ शेपा शेर्पाल्यान्ड ट्रेक्स एन्ड एक्सपिडिसनका संचालक हुनुहुन्छ । ओखलढुँगा–७, खिजी फलाटे निवासी शेर्पाले सन् २००० वाट पर्यटन कारिअर सुरु गर्नुभएको हो । युके, नेदरल्यान्ड, फ्रान्स, बेल्जियम, थाईल्इान्डलगायतका झन्डै दर्जन देशको यात्रा गरिसक्नु भएका शेर्पा पोर्टर, कुक,, गाइड हँदै कम्पनी संचालक हुनुभएको हो । नेपालका अधिकाँश ट्रेकिङ रुटमा पटकपटक यात्रा गर्नुभएक उहाँ क्लाइम्बर पनि हुनुहन्छ । उहाँको विजय एउटा परिपक्व पर्यनकर्मीको पनि विजय हो ।

१७. बुद्धकुमारी अधिकारी, महिला सदस्यकी प्रत्यासी

महिला सदस्यकी प्रत्यास बुद्धकुमारी अधिकारी एक्साइटिङ नेपाल होलिडेज् ट्रेक्सकी संचालक हुनुहुन्छ । ज्वाइन्ट टुरिजम कोर्डिनेसन कमिटी (जेटीसीसी)को नेतृत्वमा पर्यटनको बेथितीविरुद्ध भएको आन्दोलनमा सकृय सहभागी हुनुभएकी अधिकारी मानविकीतर्फ नेपालमा सांस्कृतिक पर्यटन विषयमा स्नातक हुनुहुन्छ । दिगो पर्यटन विकास र पुस्तकालय विज्ञानमा विशेष तालिम लिनुभएकी उहाँ साहित्यप्रेमी मात्र होइन, बेलाबेला कविता पनि देख्ने गर्नुहुन्छ । राष्ट्रिय जनगण्नना २०६८ को तथ्यांक संकलक समेत रहनुभएकी सिन्धुली निवासी अधिकारीको विजय पर्यटनमा महिला सशक्तिकरणका दिशामा सुखद समाचार हुनेछ ।