स्याङ्जामा जिप दुर्घटना हुँदा एक बालिका सहित ३को मृत्यु, २५ जना घाईते

109
फाइल तस्बिर

भदौ १८,
बुटवल । स्याङ्जामा जिप दुर्घटना हुँदा एक बालिका सहित ३ जनाको मृत्यु भएको छ । पाल्पाको हुँगीबाट स्याङ्जा तर्फ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जिप स्याङ्जाको गल्याङमा आज दुर्घटना भएको हो । दुर्घटनामा परि २५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर निरञ्जन घिमिरेलेका अनुसारमृतक मध्ये एक जनाको नाम खुलेको छ भने अन्यको नाम ठेगना खुल्न नसकेको छैन् ।मृतक ११ महिनाकी बालिका पनसन परियारको मृत्यु भएको छ ।

जिपमा सवार २८ जनामध्ये बालिकाको घटना स्थलमै र अन्यको लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको हो । घाईते मध्ये १७ जनाको लुम्बिनी मेडिकल कलेल प्रवास, ४ जनाको युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । भने अन्य चार जनाको गल्याङ सामुदायिक अस्पतालमा सामान्य उपचार पछि घर पठाइएको गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर घिमिरेले जानकारी दिए । पाल्पाबाट जाँदै गरेको जिपले गल्याङ्बाट आएको जिपलाई साइड दिने क्रममा जिप सडकबाट ३ सय मिटर तल खसेको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।