Sunday, September 27, 2026
Home ताजा अपडेट मुगुमा रारा भिलेज रिसोर्ट सञ्चालन गरिने

मुगुमा रारा भिलेज रिसोर्ट सञ्चालन गरिने

194

बैशाख ४,
काठमाडौँ । मुगु जिल्लामा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा ल्याइने भएको छ । मुगु जिल्लाको विमानस्थल ताल्चा, त्यस नजिकको सल्लेरी र मुर्मा गरी तीन ठाउँमा रिसोर्ट सञ्चालनमा ल्याइन लागेको हो । रिसोर्ट भवनको आगामी शुक्रबार शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । पहिलो चरणमा ताल्चा र सल्लेरीमा भवन शिलान्यास गर्न लागेको जनाएको छ । दोस्रो चरणमा मुर्मामा भवन निर्माणको शिलान्यास हुने जनाइएको छ । गोर्खा इको प्यानल ९निर्माण सामग्री०को प्रयोगबाट रिसोर्ट भवन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ ।

मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा बर्सेनि हजारौं स्वदेशी तथा विदेशी पर्यटक भिœयाउन व्यवस्थित पहल जरुरी रहेको र आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना तथा बसोबासका लागि स्तरीय होटल निर्माण गरी पर्यटकका लागि सुविधा प्रदान गर्ने जरुरी रहेको रिसोर्ट बनाउन लागिएको जनाइएको छ । स्थानीय जनतालाई समेत उनीहरूको जीवनस्तर एवं दैनिकीमा सुधार ल्याउन योगदान गर्ने लक्ष्य कम्पनीले लिएको जनाएको छ ।

कम्पनीका अध्यक्ष अनुपविक्रम शाहले हाललाई १० करोडको पुँजीमा रिसोर्ट सञ्चालनमा ल्याउन लागेको जनाए । ताल्चामा २० कोठाको हलसहित र सल्लेरीमा १० कोठासहितको रिसोर्ट बनाउन लागेको अध्यक्ष शाहले जनाए । साथै मुर्मामा असोज महिनामा ३० कोठाको रिसोर्ट बनाउने अध्यक्ष साहले सुनाए । तीन ठाउँमा गरेर २० रोपनी जग्गाको क्षेत्रफलमा रिसोर्ट रहने अध्यक्ष शाहले जानकारी गराए ।

अध्यक्ष साहले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागेको प्रस्ट पारे । उनले मगुको रारा ताललगायतको पर्यटन प्रवद्र्धन गरी स्थानीयको जीवनस्तरलाई उकास्न सहयोग पुयाउने उद्देश्यले रिसार्ट सञ्चालनमा ल्याउन लागेको जनाए । रिसोर्ट सञ्चालक मध्येका एक एवं गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० इन्जिनियर कृष्णभक्त दुवालले मुगुजस्तो विकट स्थानमा पनि वातावणमैत्री इको प्यानल प्रयोग गरी आकर्षक रिसोर्ट बनाउन सकिने उदाहरणका साथ रिसोर्ट सञ्चालन गर्न लागेको बताए । रारामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बर्सेनि उल्लेख्य रूपमा बढ्दै गएको तथ्यांक छ । यो क्रम अत्यधिक रूपले वृद्धि हँुदै गएको पनि देखिन्छ । अत्यन्त मनोरम र प्राकृतिक दृश्यकै कारण दोहो¥याएर जानेको संख्या पनि उल्लेख्य देखिन्छ । विदेशी पर्यटकका लागि त यो लामो बसाइँको रोजाइमा पर्ने स्थान पनि हो ।

रारा तालको भ्रमणमा जानेलाई बसोबास र खाना अस्थायी प्रकृतिका रहेका कारण पनि उपलब्ध सेवा गुणस्तरीय र सुलभ हुन सकेको छैन भने पर्यटकका लागि आवश्यक अन्य सेवा त शून्य प्राय

रहेका छन् ।

एकातर्फ नेपाल सरकार र रारा नगरपालिकाले यसै वर्षदेखि ताल किनारमा रहेका प्रायः सबै संरचना हटाई तालको स्वच्छता कायम गर्ने अभियान चलाउने घोषणा गरेका कारणले पनि अब ताल किनारमा बसोबासका लागि कुनै पनि होटल रहनेछैनन् । अर्कोतर्फ, बर्सेनि बढ्दो पर्यटकको चापका लागि थप होटलको व्यवस्था आवश्यक भइसकेको छ । यही आवश्यकता र सिर्जित अवसरका कारण रारा भिलेज रिसोर्ट कम्पनीको सक्रियतामा पहिलो चरणमा रारातालबाट नजिकमा रहेको गाउँ मुर्माको कोट भन्ने स्थानमा होटल निर्माण गरी कम्तीमा ५० जनालाई सेवा दिने गरी कार्ययोजना बनाएको जनाएको छ ।

विशेषगरी विदेशमा रहेका नेपाली र विदेशीबाट लगानी लगाई एउटा सुशासित, पारदर्शी र नमुना होटल प्रारम्भ गर्ने योजना तथा कार्यक्रम रहेको कम्पनीले जनाएको छ । सानो लगानीबाट प्रारम्भ गरी यसैको आम्दानीबाट क्रमशः लगानी थप्दै जाने र विस्तार गर्ने योजना यसको रहेको कम्पनीले जनाएको छ । कम्पनीको हाल कम्तीमा १ करोड रुपैयाँबराबरको जग्गा रहेको जनाइएको छ । कम्पनीले अब बढीमा डेढ करोड रकम लगानी गरी निर्माण कार्य सुरु गर्ने र सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । रिसोर्ट १४ रोपनी क्षेत्रफलमा फैलिएको जनाइएको छ ।-राजधानीबाट