भलिबलमा ए जे र स्प्रिङ्डेलका विद्यार्थी भिड्ने

250

भक्तपुर । विद्यालयस्तरीय छात्र/छात्रा भलिबल प्रतियोगितामा आयोजक ऐ जे र स्प्रिङ्डेल फाइनलमा प्रवेश गरेका छन् । आदर्श ज्योति (ए जे) स्कुलले आयोजना गरेको प्रतियोगिताका छात्र/छात्रा दुबै स्पर्धामा आयोजक ए जे र स्प्रिङ्डेलले आआफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै फाइनलको लागि स्थान पक्का गरेको हो । आइतबार भएको प्रतियोगितामा छात्रतर्फ एजे र सेक्रेट हार्टबीच भएको खेलमा एजे, स्प्रिङ्डेल र काठमाडौंको सेन्ट डेभिसको खेलमा सेन्ट डेभिस्ले खेल छोडेपछि स्प्रिङ्डेल सजिलै फाइनलमा पुगेको हो ।