शिक्षामा पुरुषलाई उछिन्दै महिला

253

साउन १८,
बीबीसि । पछिल्ला केही वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ लगायतका परीक्षाहरूमा महिला विद्यार्थीले राम्रो परिणाम ल्याएको थालेको सरकारी अधिकारीहरूले बताएका छन्। यसलाई सकारात्मक मान्दै समाजमा बढेको चेतनाका कारण यो परिवर्तन भएको विज्ञहरूको ठम्याइ छ। परीक्षाहरूमा सहभागी हुनेको सङ्ख्यालाई आधार मान्ने हो भने उच्च शिक्षातर्फ छात्राहरूको आकर्षण धेरै देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ परीक्षाको परिणाम प्रकाशित गर्‍यो। परीक्षामा छात्राहरूको सङ्ख्या धेरै थियो। उच्च शिक्षा लिने बालिका तथा महिलाहरूको सङ्ख्यामा वृद्धि भए पनि उनीहरूले उचित रोजगारी पाउन नसकेको भन्दै शिक्षाविद्हरूले त्यसतर्फ राज्यको ध्यान जानुपर्ने सुझाव दिएका छन्।

एसईई नतिजामा भएको त्रुटिको छानबिन हुने
ए प्लस ल्याउनेको संख्या पोहोरभन्दा बढी
सहभागिता
राष्ट्रिय परीक्षा बोर्डले नयाँ ग्रेड्रिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरिएको कक्षा १२ को नियमित तर्फको परीक्षामा पुरुषको तुलनामा २० हजारभन्दा बढी महिला सहभागी भएका थिए। अधिकारीहरूका अनुसार गत वैशाखमा सञ्चालित सो परीक्षाको नियमिततर्फ एक लाख ५१ हजार छ सय ३९ छात्रा सहभागी भएका थिए। छात्रहरूको सङ्ख्या भने एक लाख ३१ हजार चार सय ११ थियो। उपलब्ध तथ्याङ्कमा १६ हजार पाँच सय ५२ जनाको लिङ्ग खुलाइएको छैन। यसैगरी आंशिकतर्फ पनि महिलाको सङ्ख्या नै बढी भएको बोर्डले जनाएको छ।

उच्च शिक्षास् अर्बौँ रुपैयाँ नेपाल बाहिर
डी र ई ग्रेड ल्याउनेको ुभविष्य अन्योलमा
लगाव
एक महिनाअघि नतिजा प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनेमा पनि पुरुषको तुलनामा महिलाहरू नै बढी रहेका थिए।एसईई र कक्षा १२ को परीक्षामा सहभागी हुने मात्र नभई नतिजा राम्रो गर्नेमा पनि महिला अगाडि देखिन थालेको बताइन्छ। यसले छोरीलाई विद्यालय नै पठाउन हुन्न भने सामाजिक सोचमा परिवर्तन ल्याएको छ र महिलालाई आत्मनिर्भर बन्न पढ्नुपर्छ भन्ने चेत दिएको उनीहरू बताउँछन्। राजधानी काठमाण्डूस्थित न्यू अरुणोदय माध्यमिक विद्यालयकी अध्यक्ष जेसिका चेम्जोङ भन्छिन्, ूमहिलाहरूमा पढाइप्रति लगाव छ। उनीहरूमा समाजलाई देखाउनु पर्छ भन्ने सोच पनि विकास भएको छ। अवसर पाउँदा उनीहरू उत्साहित भएको देखिन्छ।