Thursday, September 24, 2026
Home समाचार एटीएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिक सार्वजनिक

एटीएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिक सार्वजनिक

226

भदौ १५,
काठमाडौँ । अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने चिनियाँ नागरिकहरुलाई प्रहरीले सार्वजनिक गरेको छन्। चोरी गर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्दै गरेको अवस्थामा एक जना र चार जना होटलबाट पक्राउ परेका थिए।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ४० वर्षका लु जियालिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् ।

उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, चाइनिज युआन ११ सय ९१, हङकङ डलर ८० र केही अमेरिकी डलर लगायत अन्य देशका मुद्रा पनि भेटिएको प्रहरीले पत्रकार सम्मलेनमा जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार चिनियाँ नागरिक पैसा चोर्नको लागि दरबारमार्ग, स्रोहखुट्टे, ठमेल लगायतका भीडभाड हुने क्षेत्रका एटीएमलाई टार्गेट बनाएर नेपाल आएको अनुसन्धानबाट खुलेको हो।

पाँच जनाको समूहमा आएका उनीहरुले दरबारमार्गमा रहेको माया मनोहर बुटिक होटेल बुक गराएर बसेका थिए।प्रहरीका अनुसार शनिवार बेलुका प्रहरीलाई एटिएमबाट रकम झिकिएको सूचना बैंकले नै दिएपछि पैसा झिक्नेहरुको खोजीका लागि अधिकांश एटीएम बुथ नजिक प्रहरी परिचालन गरिएको थियो।