छतबाट हाम फालेर नायिकाले गरिन् आत्महत्या

137

भदौं १४,
ग्ल्यामरको दुनियाँ टाढाबाट हेर्दा जति चम्किलो छ नजिकबाट त्यति नै भयावह छ । स्टार बन्ने सपना बोकेर थुप्रै युवा–युवती मुम्बई भास्सिएका हुन्छन् । कतिले भाग्य र मेहनतका कारण मौका पनि पाउँछन् तर कतिले अत्यधिक संघर्ष गर्दा पनि केही हासिल गर्न सकिरहेका हुँदैनन् । यस्तै भयो एक उदाउँदो नायिकामाथि पनि । पर्ल पंजाबी नामकी यी नायिकाले २९ अगस्टको राती आफू बस्ने अपार्टमेन्टको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन् । यी नायिकाको उमेर २५ वर्ष बताइएको छ ।
पर्ल पंजाबी मुम्बईको ओशिवारा इलाकामा बस्थिन् । यी नायिकाले कुनै दिन बलिउडकी चर्चित नायिका बन्ने सपना बोकेकी थिइन् । ठूलो सपनासहित यी नायिकाले मनोरञ्जनको क्षेत्रमा कदम त राखिन् तर सायद उनी यो रेसमा टिक्नका लागि आइपर्ने दबाब झेल्न सकिनन् । उनी निकै लामो समयदेखि आफ्नो नीजि र व्यवसायिक जीवनमा संघर्ष गरिरहेको बताइन्छ । जब समस्याको कुनै समाधान देखिएन तब नायिकाले आत्महत्याको बाटो रोजेको पनि बताइन्छ । एजेन्सी