अहिले देशमा दुई वटा प्रधानमन्त्री – कांग्रेस नेतृ भुषाल

208

भदौ १२,
काठमाडौ । नेपाली कांग्रेसका नेतृ पुष्पा भुषालले नेपालमा अहिले दुई दुई जना प्रधानमन्त्री रहेको बताउनु भएको छ । संसदिय व्यवस्थालाई समेत बेवास्ता गर्दै दुई दुई जना प्रधानमन्त्रीको अवस्था विद्यामान रहनु हास्यास्पद विषय भएको उल्लेख गर्नु भयो । नेपाल वित्तीय संस्था कर्मचारी संघ९ फियन० महिला समितिले आयोजना गरेको तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्नु हुदै यस्तो विचार राख्नु भएको हो ।

नेतृ भुषालले भन्नु भयो -प्रधानमन्त्री स्वास्थ्य उपचारकालागी विदेश जानु भयो र उपप्रधानमन्त्री लाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनु भयो तर सिंगपुर पुगेपछी अनलाइन मिटिङ गर्नु भयो । कार्यवाहक दिईसकेपछी फेरि आफनै अध्यक्षतामा मन्त्री परिषदको बैठक चलाउनु भयो यसको कुनै जरुरत थिएन । यस कार्यले संसदिय व्यवस्थाको खिल्ली उडाउनुका साथै टेक्नोलोजीको दुरुपयोग गरि राष्ट्रियता र राष्ट्रको गोप्य सूचना चुवावट हुने गरि अनलाइनमार्फत मन्त्री परिषदको बैठक गर्नु कतिको आवश्यक थियो रु सरकारले ध्यान पुर्‍याएको छ ?

यसैगरी सरकारले नेपाली महिलाहरुको महान चाड तिजलाई क्याटेरिङमा मनाउन बन्देज लगाई नेपाली संकृतीलाई समेत नियन्त्रण गर्न खोजेको आरोप लगाउनु हुदै सक्छ भने तिजलाई होइन छाउपटी , महिलहिंसा,बेरोजगारी, भोक र रोगलाई नियन्त्रण गर्न सरकारलाई सुझाव दिनु भयो । नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष आशा सिंह राठोरले लोकतन्त्र स्थापनामा श्रमिकहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेको उल्लेख गर्नु हुँदै राजनीतिक दलहरु र राज्यले श्रमिक सहभागिताको बेवास्ता गरेको बताउनु भयो । महिला समितिका राष्ट्रिय अध्यक्ष सुधा दाहालले श्रमिकहरुको हक अधिकार दिलाउने मुद्दामा महिलाहरुको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्नु हुँदै ट्रेड युनियन कांग्रेसले महिला सहभागितालाई प्राथमिकता दिएको बताउनु भयो । फियनका केन्द्रीय अध्यक्ष पदमराज रेग्मीले हरेक परिवर्तन र प्रगतिको संवाहक महिला शक्ति भएकोले वर्तमानमा राम्रो काम गरेर सन्ततिको भविष्य उज्ज्वल गर्न सके मुलुककै भविष्य उज्ज्वल हुने बताउनु भयो । युनि नेपालका कोषाध्यक्ष कल्पना के।सि।ले तिजलाई तिजमा मात्र सिमित नराखी महिला अधिकारका बारे काम गर्नु पर्ने बताउनु भयो । कार्यक्रम फियन महिला समितिका अध्यक्ष टिकाकला शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।