आइतवार सार्वजनिक बिदा

369

भदौ ११,
धनगढी । थारु समुदाय अट्वारी पर्वको अवसरमा भदौ १५ गते आइतवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अट्वारी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अट्वारी पर्व थारु समुदायमा कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो साताको आइतवार र सोमवार मनाइने प्रचलन रहँदै आएको हो ।