पहिलो पटक मिस्टर वल्डको उपाधी नजिक नेपालका रायमाझी

221

भाद्र ६,
काठमाडौ । फिलिपिन्सको मनिलामा भइरहेको मिस्टर वल्र्डमा नेपालबाट सहभागी अक्षय रायमाझी टप १२ मा पर्न सफल भएका छन । बिश्वका ७२ देशका सहभागीहरुलाई पछि पार्दै रायमाझी टप १२ मा पर्न सफल भएका छन । उनी मल्टिमिडियाको माध्यमबाट टप १२ मा पर्न सफल भएका हुन । उनी नेपालबाट पहिलो पटक टप १२ मा पर्न सफल भएका हुन । बिश्वभरबाट भोटिङ गर्दा उनी १ नम्वरमा पर्न सफल भएपछि टप १२ मा परेका हुन । उनले बिश्वभरबाट ११ लाख भोट पाएका थिए । उनी टप १२ मा पर्न सफल भएपछि सामाजिक संन्जाल मार्फत आफुलाई यो स्थानमा पुर्याउने नेपाल र नेपाली तथा बिश्वभर रहेका आफ्ना प्रसंसकहरुलाई धन्यवाद दिएका छन ।

उनले आगामी शुक्रबार हुने मिस्टर वल्र्डको अन्तिम स्पर्धामा पनि सहभागी हुन पाउने छन् ।
अक्षय ‘मिस्टर नेपाल २०१७’का बिजेता हुन् । मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले उनलाई ‘मिस्टर वल्ड’मा नेपालको प्रतिनिधिको रुपमा पठाएको हो ।