भदौं ६,
भक्तपुर । शुक्रबार बिहान भक्तपुरमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा कोरियामैत्री अस्पतालबाट रोजभिलेज तर्फ जादै गरेको बा.६७ प ६७५४ नम्बरको स्कुटर र भक्तपुरबाट काठमाडौं जादैं गरेको बा.७३ प ९७२१ नम्बरको मोटरसाइकल र एक आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा परि दुबै तर्फ सख्त घाइते भएकोमा मोटरसाइकल चालक मध्यपुर ९ का २२ वर्षका राजेश गोजाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुटर चालक प्रविण लोहलाको उपचार भइरहेको र यसबारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीको भनाई रहेको छ ।