उखुको खोस्टाबाट निकालिएको ३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाईनमा जोडिने

भदौ ४,
काठमाडौं । उखुको खोस्टाबाट निकालिएको ३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिने भएको छ । एभरेष्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज र विद्युत विकास विभागको बिच सह–उत्पादनमा विद्युत उत्पादन गर्न लागिएको हो । उत्पादित विद्युत ३३ के भी सिंगल सर्किट प्रसारण लाईनबाट १२ किलोमिटर पर रहेको औरही सवस्टेशनमा जोडि राष्ट्रिय प्रसारण लाईनमा समाहित गरिने कम्पनीले जनाएको छ ।

चिनी उद्योगबाट निस्केको उखुको खोस्टाबाट यो विद्युत उत्पादन हुन्छ । आयोजनाबाट वार्षिक १० हजार ६ सय ५६ मेगावाट विद्युत उत्पादन हुनेछ । उत्त आयोजनाले उद्योग रहुन्जेल विद्युत उत्पाद गर्ने अनुमती पाएको छ । यस्तै, विद्युत प्रसारण अनुमती पत्रको अवधि २५ वर्षको रहेको कम्पनीले जनाएको छ । आयोजनाले यसै वर्ष विद्युत उत्पादनको काम सक्ने बताएको छ ।