प्रियंकाले जेठाजुको जन्मदिनमा कालो पारदर्शी पहिरन लगाएपछि…

332

एजेन्सी, भदौ ३,
काठमाडौं । १५ अगस्ट भारतको स्वतन्त्रता दिवसका साथै प्रियंका चोपडाका लागि अर्को एउटा उत्सवको मौका थियो । त्यो दिन उनका जेठाजु जो जोनसको जन्मदिन थियो र यो मौकामा जोनस परिवार एकजुट भएर निकै रमाइलो गरे ।निकसँगै प्रियंका पनि कालो पहिरनमा थिइन् । यद्यपि, प्रियंकाले जुन पारदर्शी पहिरन लगाएकी थिइन् त्यो मानिसहरुलाई मन परेन ।

कतिले उनलाई चराजस्तै बनाइदिएको आरोप लगाए भने कतिले उनलाई मूर्खजस्तो देखिएको पनि भन्न भ्याए । तर धेरैजसोलाई उनको पहिरन निकै मनसमेत परेको थियो ।