घरमा सुरक्षालाई भुत चढेपछि… (भिडियो सहित)

178

जेठ २३,
काठमाडौँ ।फिल्म ‘घर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायिका सुरक्षा पन्त गर्भवती महिलाको भूमिकामा देखिएकी छिन् । फिल्ममा उनको डरलाग्दो अवतार पनि देखाइएको छ । ट्रेलर हेर्नुस् :

सार्वजनिक ट्रेलरमा सुरक्षा पन्त, अपर्ण थापा र बेनिशा हमाललाई प्रस्तुत गरिएका छ । अर्पण थापाको लेखन, निर्देशन तथा अभिनय रहेको फिल्ममा अपर्ण, सुरक्षा र बेनिशासँगै अस्मिता खनाल, सरोज अर्याल, श्रृष्ट्रि महर्जन, विकाश खनाल लगायत कलाकारको अभिनय रहेको छ । शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा सन्तोष अधिकारी सह निर्माता रहेका छन् । निरज कँडेलले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यो फिल्म साउन ३ देखि प्रदर्शन हुँदैछ ।