५ दिनको म्याद सकिएपछि रवि लामिछाने पुनः अदालत पेश

204

भदौ ३,
चितवन । पत्रकार शालिकराम पुडासैनि मृत्यु प्रकरणमा नियन्त्रणमा लिइएको टेलिभिज कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पुनः अदालत पेश गरिएको छ । आत्यहत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान गर्न थपिएको ५ दिनको म्या सकिएपछि उनीहरुलाई मंगलबार पुनः जिल्ला अदालत चितवनमा पेश गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन स्रोतका अनुसार उनीहरुमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गर्न अदालत पेश गरिएको हो ।

गत बिहीबार काठमाडौंस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका लामिछाने र युवराज कँडेल तथा काठमाडौंको कलंकीबाट पक्राउ परेकी रुकु भनिने अस्मिता कार्कीलाई शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरिएको थियो ।चितवन जिल्ला अदालतका न्यायाधीश विनोद कुमार गौतमको इजलाशले लामिछानेसहित ३ जनाविरुद्ध अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको थियो । अनुसन्धानका लागि थपिएको ५ दिनको म्याद पूरा भएपछि मंगलबार पुनः अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।