Sunday, September 27, 2026
Home अनौठो यो हो दुनियाकै सुरक्षित घर जसलाई परमाणु बमले पनि असर गर्दैन (भिडियोसहित)

यो हो दुनियाकै सुरक्षित घर जसलाई परमाणु बमले पनि असर गर्दैन (भिडियोसहित)

559

एजेन्सी, साउन ६,
काठमाडौं । पोल्याण्डको राजधानी वार्सामा बस्ने एकजना व्यक्तिले निकै सुरक्षित घर बनाउने योजना बनाए । त्यसका लागि उनले पोल्याण्डको चर्चित आर्किटेक्चर र्फम केडब्ल्यूके प्रोम्ससँग सम्पर्क गरे र आफुलाई अधिकतम सुरक्षित घर चाहिएको बताए । उनको माग अनुसार कम्पनीले कम्पनीले यस्तो घर बनाइदियो जसले सबैलाई हैरान पारिदियो । केडब्ल्यूके प्रोम्सले उक्त घर बनाउने कुरालाई एक चुनौतिको रुपमा लियो र आफ्ना ग्राहकको माग भन्दा पनि बढि सुरक्षित घर तयार गरिदियो ।

यो घरले अहिले दुनियाकै सबैभन्दा सुरक्षित घरको ताज पहिरिन सफल भएको छ । यो घरको सबैभन्दा ठूलो विशेषता के छ भने एक बटन दबाउँदा बित्तिकै यो घर तल-माथि, अघि-पछि सबैतिरबाट कंक्रिटका पर्खालले बन्द हुन्छ । त्यसरी छोपिँदा यो घर कुनै बन्द किल्ला जस्तो देखिन्छ । जब यो घर एकपटक बन्द भएपछि लाखौँ कोसिस गर्दापनि यो घरभित्र कोहीँ छिर्न सक्दैन । यो घरमा छिर्नका लागि केवल दोश्रो तल्लामा बनेको पुलको प्रयोग गर्नु पर्दछ । त्यो पनि घरको मालिकले चाहेमा मात्र ।

कम्पनीका अनुसार यो मजबुत तथा सुरक्षित घरको भित्री दृश्य पनि निकै सुन्दर छ । घरबाहिर एक स्विमिङ्ग पुल पनि छ । यद्यपि यो स्विमिङ्ग पुललाई छोप्न सकिँदैन । कंक्रिटका अलावा धातुको शटरले यो घरलाई अझै बढी सुरक्षित बनाएको छ । यो घर पूर्ण रुपमा बन्द भएपछि यसलाई परमाणु बमले पनि कुनै असर पादैन ।