जब डिएसपी जोशी हसियाँ बोकेर बारीमा आए (फोटो र भिडियोमा हेर्नुहोस्)

446

साउन २८,
भक्तपुर । सिपाडोल ठुलोगाँउका बासिन्दा एकाएक बारीभरी एक्कासी प्रहरीको हुल देखेपछि अचम्म परे ।
मंगलाबार मध्याह्न सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलको ठुलोगाँउमा महानगरिय प्रहरी वृत्त जगातीको टोली पुग्यो । प्रहरी नायव उपरिक्षक चक्रराज जोशी नेतृत्वको प्रहरी टोलीले लागूऔषधको रुपमा प्रयोग हुने गरेको गाजाँ नष्ट गर्न उक्त स्थानमा पुगेको थियो ।
प्रहरी नायव उपरिक्षक जोशी आफैं हातमा हसियाँ बोकेर गाँजा नष्ट गर्न सक्रिय भएका थिए ।
प्राकृतिक रुपमा आफैंनै उम्रेका गाँजा स्थानीयका बारीभरी थिए । तर त्यसलाई नष्ट भने बारीधनीहरुले गरेको देखिएन् । प्रहरी बारी भरी देखेका स्थानीयहरुले गाँजाको बोट नष्ट गर्न सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । समाजमा विकृति फैलाउने र कुलतलाई बढ्वा दिने गाँजालाई यो समयमा नष्ट गर्न सके त्यसको असर कम हुने प्रनाउ जोशीले बताए । स्थानीयको मकैबारी, तरकारी खेतीमा जताततै लागूऔषध गाँजा बोट थिए । केहीघर फुलबारीभन्दापनि गाँजाको घारी धेरै भएकालेपनि प्रहरीले केही दिन यता भक्तपुरमा यो अभियान चलाउनदैं आएको छ । मंलबारमात्र ८ हजारभन्दा धेरै गाँजाका बोटहरु नष्ट गरिएको प्रहरी वृत्त जगातीका प्रमुख जोशीले जानकारी दिए ।
आइतबार पनि प्रहरीले सूर्य विनायक नगरपालिका ७ गुन्डु नयाँबस्ती स्थित सार्वजनिक स्थानमा प्राकृतिक रुपमा आफै उम्रेका ४ हजार २ सय गाँजाका बोटहरु नष्ट गरेको थियो ।
भक्तपुरलाई लागूऔषध मुक्त जिल्ला बनाउने प्रहरीको अभियानमा यस्ता खालका गतिविधीले सहयोग पुग्ने देखिन्छ ।