धर्म सन्तान तस्करी

151

कसरी पुर्‍याइए ६ देशमा १३७ बालबालिका ?
अन्नपूर्ण पोष्ट
साउन २८, काठमाडौं । नौ वर्षयता ६ मुलुकमा २० बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको सरकारी अभिलेख छ। ती मुलुकका तथ्यांक जोड्दा त्यही अवधिमा १ सय ५९ नेपाली बालबालिका त्यहाँ धर्मसन्तानका रूपमा लगिएका छन्। बढी भएका १ सय ३७ जना कसरी गए रु यसले धर्म सन्तानका नाममा नेपालबाट बालबालिका तस्करी भइरहेको पुष्टि हुन्छ।

सरकारले १८ मुलुकमा बालबालिकालाई धर्मपुत्र–धर्मपुत्री बनाएर पठाउँदै आएको छ। तीमध्ये अमेरिका र युरोपका ६ मुलुकले नेपालबाट आफ्नो देशमा पुर्‍याइएका बालबालिकाको सूची हेग कन्फे्रन्स अन प्राइभेट इन्टरनेसनल ल ९एचसीसीएच० लाई बुझाउने गरेका छन्। ती ६ मुलुकले सन् २०१० यता बुझाएका तथ्यांक जोड्दा १ सय ५७ नेपाली बालबालिका पुगेको पाइन्छ।

यही अवधिमा १८ देशमध्ये बाँकी १२ वटामा ८२ बालबालिका पठाएको सरकारी तथ्यांक छ। एचसीसीएचमा तिनले बुझाएको सूची पाउन नसकेकाले बाँकीको फरक भने थाहा हुन सकेन। तर, यसले अझ ठूलो संख्यामा नेपाली बालबालिका तस्करी भएको देखाउँछ। डेनमार्कले एचसीसीएचलाई बुझाएको सूचीमा नेपालबाट १७ बालबालिका लगिएको छ। तर, २ जना मात्र बालबालिका नेपालबाट डेनमार्क गएको तथ्यांक मन्त्रालयसँग छ। १५ जना तस्करीबाट पुर्‍याइएको यसले देखाउँछ।

फ्रान्सले सन् २०१० यता २१ नेपाली बालबालिका आफूसँग रहेको सूची एचसीसीएचलाई बुझाएको छ। तर, नेपालबाट १ मात्र बालिका त्यहाँ पुगेको तथ्यांक छ। २० बालबालिका बेचिएको देखिन्छ। अमेरिकाले ९ वर्ष अवधिमा १ सय २ नेपाली बालबालिकालाई आफूले ल्याएको सूची बुझाएको छ। तर, यो अवधिमा नेपालबाट ११ जना मात्र धर्मपुत्र–धर्मपुत्री अमेरिका गएको सूची मन्त्रालयसँग छ। ९१ बालबालिका तस्करी गरेर बेचिएका थिए।

नर्वेले १० बालबालिकालाई नेपालबाट लगेको देखाएको छ। नेपालबाट सरकारी प्रक्रिया पूरा गरी सोही अवधिमा तीन बालबालिका त्यहाँ लगिएका थिए। यसले १० बालबालिकाको तस्करी भएको देखाउँछ। क्यानडाले नेपालबाट पाँच बालबालिका लगेको सूची बुझाएको छ। तर, मन्त्रालयसँग रहेको तथ्यांकमा दुई जना मात्र लगिएका छन्। स्विजरल्यान्डले पनि नेपालबाट दुई जना बालबालिका ल्याएको सूची एचसीसीएचलाई बुझाएको छ। तर, यहाँबाट एक मात्र बालिका लगिएको तथ्यांक छ।

कसरी पुगे विदेश ? 

सन् २०१० अघि नेपालबाट धर्म सन्तानका रूपमा बालबालिकालाई विदेश लग्न त्यति जटिल थिएन। २०१० पछि नेपाल सरकारले यो प्रणालीलाई जटिल र व्यवस्थित बनायो। धर्म सन्तान चाहने विदेशी परिवारले अनेक प्रक्रिया पूरा गर्नुपर्ने भयो। यसपछि बालबालिकालाई अवैधानिक रूपमा विदेश पठाउने क्रम बढ्यो।

तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले अन्तरदेशीय धर्मपुत्र–धर्मपुत्री व्यवस्थापन समिति गठन गरेर आफू मातहत नै बालबालिका विदेश पठाउन थाल्यो। र, विदेश पठाइएका बालबालिकाको तथ्यांक व्यवस्थित तरिकाले राख्न थाल्यो। यसअघि नेपालले सन् २००९ मा हेगमा भएको अन्तरदेशीय धर्मपुत्र–धर्मपुत्री बालबालिकाको संरक्षण र सहयोगसम्बन्धी महासन्धिमा हस्ताक्षरसमेत गर्‍यो।

सरकारको जानकारीबेगर कुनै पनि बालबालिका वैधानिक धर्म सन्तानका रूपमा विदेश जान असम्भव भयो। तर, विभिन्न देशको तथ्यांक अध्ययनपछि सरकारकै जानकारीबिना धर्म सन्तानका रुपमा नेपाली बालबालिका विदेश पुगेको पाइयो। केन्द्रीय बालकल्याण समितिका तत्कालीन अधिकृत लोचन रेग्मी विदेश गएका बालबालिकाको तथ्यांक कसरी बढी भयो भनेर आफूलाई जानकारी नभएको बताउँछन्। उनले भने, ‘मन्त्रालयलाई थाहै नदिई कसैको बदमासीले बालबालिका विदेश पुगेका रहेछन् भने त्यो जानकारी भएन।’