भिड्न तयार छौंः दीपकराज गिरी

139

साउन २७,
काठमाण्डौ । नेपाली फिल्ममेकर्सलाई विदेशी फिल्मसँग डराएको भागेको स्वीकार गर्न इगोले दिँदैन ।
आउँदो भाद्र १३ गते प्रदर्शनमा आउन लागेको साउथ फिल्मका सुपरस्टार प्रभास अभिनीत फिल्म ुसाहोु ले फेरि एकपटक नेपाली फिल्मको रिलिज क्यालेन्डर नराम्रोसँग विगारेको छ । यसअघि यो फिल्म साउन ३० मा आउने फाइनल भएको थियो । यसकै डरले फिल्म हजार जुनीसम्म एक हप्ता पछाडि सर्‍यो । तर, भिएफएक्सको काम नसकिएका कारण ुसाहोु दुई हप्ता पछि सरेपछि फेरि विकासराज आचार्य निर्देशित फिल्म ुहजार जुनीसम्मु पुरानै मितिमा फर्कियो । यो फिल्म असोज ३ मा आएपछि दीपकराजलाई रुनु न हाँस्नु भएको छ । आफूले मिलाएको मितिमा कबड्डी ३ आउने भएपछि अब दीपकराज छ माया छपक्कै भाद्र २७ मा ल्याउने तयारीमा छन् । उनले भने ‘कबड्डी ३’ ले गर्दा अरु फिल्मको रिलिज क्यालेन्डर विग्रिएको छ । यो फिल्मले पूर्नविचार नगरे हामी भाद्र २७ मा आउन सक्छौं ।’ दीपकराज यसअघि आफ्नो फिल्म असोज १० मा रिलिज ल्याउने तयारीमा थिए । तर, असोज १५ गते ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ प्रदर्शनमा आउँदैछ । यो फिल्मसँग भिड्न उनलाई आँट आएको छैन ।

एकसेएक सुपरहिट फिल्म दिइसकेका दीपकराज गिरी प्रायः पब्लिक फोरममा नेपाली फिल्म विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न तयार भएको भन्दै ताली बज्ने भाषण गर्ने गरेका छन् । तर, उनी आफैं बलिउड फिल्मसँग डराएका छन् । ‘वार’ सँग भिडे आफ्नो फिल्मले पानी भन्न नपाउने डर उनमा छ । तर, हल सञ्चालकहरुले नेपाली फिल्मलाई विभेद गर्ने हुँदा जानी-जानी खुट्टामा बञ्चरो हान्न नसक्ने उनको भनाई छ । ‘यदी हलले ‘वार’ र ‘छ माया छपक्कै’ लाई बराबर सोज दिन्छ भने हामी भिड्न तयार छौं । मलाई विदेशी फिल्मसँग भिड्न डर लागेको होइन’, उनले भने ।

हल सञ्चालकले विदेशी फिल्मलाई आवश्यकताभन्दा पनि बढी सोज दिने तर नेपाली फिल्मलाई एक सोज दिन पनि टाउको कन्याउने हुँदा आफ्नो फिल्मका लागि राम्रो डेट खोजेको उनले बताए । ‘म विदेशी फिल्मसँग भिड्न डराएको छैन । तर, ममात्र नडराए हुँदैन । अरु निर्माताले पनि त्यो आँट गर्न सक्नु पर्छ । अरु चाहिँ विदेशी फिल्मको डरले भाग्ने अनि म चाहिँ डुबे पनि डुबोस् भनेर बस्न कहाँ सक्छु र ! ’ उनी केही आक्रोशित सुनिए ।
कबड्डी ३ ले पुर्नविचार नगरे आफूहरु पनि भिड्ने तयार रहेको उनी बताउँछन् । ‘हामीमा विदेशी फिल्मसँग डराएर भाग्ने तर नेपाली फिल्मसँग भिड्ने नराम्रो संस्कारको विकास भइरहेको छ’, उनी भन्छन्, ‘सकभर म नेपाली फिल्मसँग किन भिड्ने भनेर बस्ने गर्छु । यदी उहाँहरु भिड्नका लागि तयार हुनुहुन्छ भने हामी पनि पछाडि हट्दैनौं ।