विदेशी कामदारका सन्तान फिर्ता पठाउनेविरूद्ध इजरायलमा प्रदर्शन

177

साउन २२,
बोस्टन । विदेशी कामदारबाट जन्मेका दुई नेपालीसहित ३६ सन्तानलाई देश फर्काउन नपरोस् भनेर इजरायलको राजधानी तेलभिभका मंगलबार प्रदर्शन भएको छ। उनीहरू गैरकानुनी रूपमा प्रवेश गरी काम गरिरहेको र सन्तान त्यहीँ जन्मेको उल्लेख छ। स्थानीय द टाइम्स अफ इजरायलका अनुसार एक हजारले प्रदर्शन गरेका थिए। सरकारी पक्ष यो वर्षायामा विदेशी कामदारका ५० सन्तान देश फर्काउने प्रयासमा छ। ३६ जनाले जुलाई १५ देखि अगस्त १ मा फर्कने कागजमा हस्ताक्षर गरिसकेका छन्। इजरायलमा ६० हजार विदेशी सुसारे छन्। त्यसमा धेरै महिला छन्। आधाजसो फिलिपिनी छन् भने १५ प्रतिशत नेपाली छन्। भारत, श्रीलंका र मोल्दोभाका १०–१० प्रतिशत र बाँकी पूर्वी युरोपका छन्।