नेपालमा के छ ? कोरोना भाइरसको अवस्था जान्नुहोस्

109

बैशाख १५,
काठमाडौँ । सोमबार कोरोनाभाइरसको नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५२ जना संक्रमित फेला परेका छन् भने १६ जना निको भएर फर्किसकेका छन् । उपचररतको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

हालसम्म नेपालमा ५३ हजार ५३४ जनाको परीक्षण भइसकेको छ जसमा पीसीआर प्रविधिबाट १० हजार ४७१ र आरडीटीबाट ४३ हजार ०६२ जनाको परीक्षण गरिउको छ । पछिल्लो २४ घण्टामा २ हजार १८४ जनाको परीक्षण गरिएको डा. देवकोटाको भनाइ छ । हाल देशका १६ स्थानमा परीक्षण भइरहेको छ ।
यता, क्वारेन्टाइन २० हजार १९५ रहेका छन् र आइसोलेसनमा रहेकाको संख्या १०६ रहको छ । रेडजोनमा रहेका सम्भावित संक्रमितको संख्या ८ जना थप गरी ३०४ पुगेको छ ।