पाँच किलो गाँजासहित दुई जना पक्राउ

153

साउन ७,
महोत्तरी । पाँच किलोग्राम लागूपदार्थ गाँजासहित प्रहरीले मंगलवार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ का २३ वर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका–१० का २७ वर्षीय रोशन विश्वकर्मा रहेका छन् ।

दुवै जनालाई धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडा जाने सडकखण्डमा रहेको पिपल चौतारास्थित ज९प ६३९८ नम्बर मोटर साइकलमा लागुपदार्थ लुकाइ राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।