Saturday, October 3, 2026
Home अपराध छोराहरूको हत्या गरि आत्महत्या गरेको अनुमान

छोराहरूको हत्या गरि आत्महत्या गरेको अनुमान

139

कार्तिक ४,
कलैया –बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

तीनैजनाको शव परीक्षणका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष हमालले बताए ।

मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्ररम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । – ratopati