गल्मीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो, २ वेपत्ता (नामावली सहित)

206
फाइल तस्बिर

साउन ७,
गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्लाको सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेकमा र वडा नम्बर ४ लिम्घामा पहिरो जाँदा १० जनाको ज्यान गएको हो । ठुलो लुम्पेकमा दुईजनाको मृत्यु भएको छ भने लिम्घामा आठजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अविरल बर्षाका कारण सत्यवती गाँउपालिका ३ ठुलोलुम्पेकमा पहिरोले घर भत्काउदा आमाछोराको ज्यान गएको छ । ३० बर्षिय तिलकुमारी तरामु र उनका छोरा १० बर्षिय दर्शन तरामुको ज्यान गएको गुल्मीका प्रहरी प्रमुख दीपक कुमार बस्नेतले जानकारी दिए । त्यस्तै घरमा सुतिरहेका १० वर्षीय करिष्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ । अन्य तीन जना बेपत्ता छन । अविरल बर्षाको कारण रातको समयमा माथिबाट आएको पहिरोले तीन घर बगाएर करिब ५० मिटर तल पुर्याएको छ ।

सत्यवती गाउँपालिका ४ लिम्घा भिरकुनाका तीन घर पहिरोमा पुरिएका छन् । दुई सय मिटर माथीबाट आएको पहिरोले ढाल बहादुर विक, छलि विक र पम्फा विकको घर पुरेको छ ।

पहिरोमा परि ३२ बर्षिय निर्मला विक, २९ बर्षिय पम्फा विक, १२ बर्षिय अञ्जला विक, ७० बर्षिय छलि विक, ९ बर्षिय शिवानी विक, ९ बर्षिय तार विक र ५ बर्षिय हिमासु विकको ज्यान गएको छ भने एकजना मृतक बालकको अझै परिचय नखुलेको गाँउपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

राति घरमा सुतीरहेको अवस्था माथिबाट आएको पहिरोले तीन घर बगाएर करिब ५० मिटर तल पुर्याएको गाउँपालिका अध्यक्ष ढकालले बताए ।

घाईतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । पहिरोमा परी अन्य पशु चौपाँया समेत मरेका छन् । क्षतीको विवरण यकिन हुन सकेको छैन । उद्धारका लागि रेडक्रस, स्वास्थ्य सँस्था, सुरक्षा निकायको टोली र स्थानीय घटनास्थलमा खटिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।