प्रकाशकियः हामी दोस्रो वर्षमा

517

‘सूचना विश्षलेण र खबरदारिता’ भन्ने मुल नारा लिएर आजकै दिन सूचना विभागमा दर्ता भएका हामीले पहिलो वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेका छौं । विश्वमा अनलाईन प्रकारिताको माध्यमबाट सूचना प्रवाह गरि सभ्य र खबरदारिता मुलक समाज निमार्ण गर्ने हाम्रो अभियान रहेको छ । एउटा अनलाइन पत्रिका, श्रव्यरदृश्यका माध्यमबाट, अनलाइन वा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचार, रिपोर्टले समाज परिर्वतनमा ठुलो भूमिका राख्दछ भन्ने हाम्रो विश्वास छ ।

गणतन्त्र, संघीयतामा जनता र मुलुकको हित हुनु पर्दछ, समाजमा रहेको विभेदको अन्त्य गरेर समान समाजको निमार्ण गर्न सके मात्र संम्वृद्ध नेपाल हुन्छ । त्यसैले हामी सबै मिलेर देश बनाउन अब पनि लागेनौ भने धेरै पुस्ताले दुःख पाउने छन् । आत्मरनिर्भर मुलुक बनाउन कृषि र पर्यटनलाई जोड् दिदै राज्यले नीति ल्याउन सके केही वर्षमा हामी एउटा सुखि र सम्वृद्धशाली देश हुनेछौ । यो अभियानमा तपाँई हामी सबै मिलेर लाग्नु पर्ने समय आएको छ । कुनैपनि जात धर्म र वर्ग भनेर विभाजित मानसिकता बोकेमा देश बन्दैन भन्ने हामीले बुझ्नु पर्दछ ।

देश रहे हामी रहन्छौ भन्नै नेपालमा रहेको असमानता र गरिबीको खाड्ललाई हटाउनु सबैको दायित्व हो । पटक-पटक जनताले रगत बगाएर ल्याएको परिवर्तनले पनि उहीँ समान्ती अवशेषलाई पुज्नु पर्ने देखिएकाले फेरि एक पटक सजक र खबरदार गर्नु पर्ने हो भन्ने देखिन्छ । युद्ध र हिंसाले देश विकाश हुदैंन् भन्ने हामीले बुझिसेकका छौं । त्यसलै देश बनाउने यो अभियानमा नयाँ नेपाल नेपाल न्यूज डटकम सधै साथमा रहेने छ । पत्रकारिताको मुल मर्म र धर्मलाई आत्मसाथ गर्दै समाजमा सत्य तथ्य समाचार प्रकाशित गर्ने छौ ।

यो एक वर्षको समय अवधिमा हामीलाई माया गर्नु हुने सम्पूर्ण पाठकवर्ग, लेखक रचनाकार, विज्ञापनदाता, शुभचिन्तक, प्राविधिक, हाम्रा पत्रकार र कर्मचारीलगायतमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । आगामी दिनमा अझ सशक्त भएर आउने छौ । हामीमा भएका कमी कमजोरीलाई यहाँहरुले औल्यादिदैं र रचनात्मक सुझाव समेत दिनु हुन्छ भन्ने आशा लिएका छौ । आगामीदिनहरुमा समेत तपाईहरुको अमुल्य सहयोग, सल्लाह र मायाको अपेक्षा गर्दछौं ।    –रामेश्वर ढकाल,  सम्पादक

साउन ३,