आयुष केसीले ‘हजार जुनीसम्म’को टाइटल गीत गाउने

205

साउन २,
काठमाडौं । विकास आचार्यको निर्देशन रहेको फिल्म ‘हजार जुनीसम्म’को टाइटल गीत आयुष केसीले गाउने भएका छन् । बालकलाकार अनुभव रेग्मीको अभिनय रहने गीत आयुषको स्वरमा रेकर्ड तयारी गरेको निर्देशक विकासले बताए । गीत केही दिनमा रेकड गरिने विकासले बताएका छन् । उनि भारतीय टिभी जी टीभीको रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हुँदै फाइनलमा पुगेर चौथो भएका थिए ।

फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, संचिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । । फिल्ममा उदयराज सोताङ्ग, राजनराज शिवाकोटी, वसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् । फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् ।