Friday, October 2, 2026
Home मनोरन्जन मार्भल सुपरहिरोको फिल्म ‘डक्टर स्ट्रेन्ज २’को नेपालमा पनि शूटिङ हुने सम्भावना...

मार्भल सुपरहिरोको फिल्म ‘डक्टर स्ट्रेन्ज २’को नेपालमा पनि शूटिङ हुने सम्भावना उच्च

287

साउन २,
काठमाडौं । सुपरहिरोको सिनेम्याटिक संसार निर्माण गरिरहेको मार्भल इन्टरटेनमेन्टको आगामी फिल्म ‘डक्टर स्ट्रेन्ज २’ काठमाडौंमा छायांकन हुने सम्भावना बढेको छ । फिल्मका निर्देशक स्कट डेरिक्सनले इन्स्टाग्राममा पशुपतिनाथ आर्यघाट खिच्दै गरेको एक तस्वीर शेयर गरेका छन् । मार्भलको फिल्म ‘डक्टर स्ट्रेज’ काठमाडौंमा समेत छायांकन गरिएको थियो । स्कटले तस्वीरको क्याप्सनमा लेखेका छन्, ‘बिहाइन्ड द क्यामेरा इन काठमाण्डु ।’

View this post on Instagram

Behind the camera in Kathmandu

A post shared by Scott Derrickson (@scottderrickson) on

उनको तस्वीरमा नायिका शिल्पा मास्केले कमेन्ट गरेकी छिन्, ‘जन्मदिनको शुभकामना स्कट, तपाईंलाई काठमाडौंले कुरिरहेको छ ।’ उक्त कमेन्टको रिप्लाई दिँदै स्कटले लेखेका छन्, ‘धन्यवाद शिल्पा, तिमीलाई र तिम्रो देशलाई धेरै सम्झना छ ।’ डक्टर स्ट्रेन्जका केही दृश्य नेपालमा छायांकन गरिएको थियो । यो फिल्ममा मुख्य अभिनेता उपचारका लागि नेपाल आएको देखाइएको छ । केही दृश्यमा नायिका शिल्पा मास्केले पनि अभिनय गरेकी थिइन् ।