मार्भल सुपरहिरोको फिल्म ‘डक्टर स्ट्रेन्ज २’को नेपालमा पनि शूटिङ हुने सम्भावना उच्च

268

साउन २,
काठमाडौं । सुपरहिरोको सिनेम्याटिक संसार निर्माण गरिरहेको मार्भल इन्टरटेनमेन्टको आगामी फिल्म ‘डक्टर स्ट्रेन्ज २’ काठमाडौंमा छायांकन हुने सम्भावना बढेको छ । फिल्मका निर्देशक स्कट डेरिक्सनले इन्स्टाग्राममा पशुपतिनाथ आर्यघाट खिच्दै गरेको एक तस्वीर शेयर गरेका छन् । मार्भलको फिल्म ‘डक्टर स्ट्रेज’ काठमाडौंमा समेत छायांकन गरिएको थियो । स्कटले तस्वीरको क्याप्सनमा लेखेका छन्, ‘बिहाइन्ड द क्यामेरा इन काठमाण्डु ।’

View this post on Instagram

Behind the camera in Kathmandu

A post shared by Scott Derrickson (@scottderrickson) on

उनको तस्वीरमा नायिका शिल्पा मास्केले कमेन्ट गरेकी छिन्, ‘जन्मदिनको शुभकामना स्कट, तपाईंलाई काठमाडौंले कुरिरहेको छ ।’ उक्त कमेन्टको रिप्लाई दिँदै स्कटले लेखेका छन्, ‘धन्यवाद शिल्पा, तिमीलाई र तिम्रो देशलाई धेरै सम्झना छ ।’ डक्टर स्ट्रेन्जका केही दृश्य नेपालमा छायांकन गरिएको थियो । यो फिल्ममा मुख्य अभिनेता उपचारका लागि नेपाल आएको देखाइएको छ । केही दृश्यमा नायिका शिल्पा मास्केले पनि अभिनय गरेकी थिइन् ।