Monday, September 21, 2026
Home अन्तर्राष्ट्रिय ट्रम्पले बनाए ओब्राएनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार

ट्रम्पले बनाए ओब्राएनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार

193

एजेन्सी,असोज २,
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारमा रोबर्ट ओब्राएनलाई नियुक्त गरेका छन्। गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाएका थिए। सोही कारण रिक्त रहेको पदमा ओब्राएनलाई नियक्त गरेको ह्वाइटहाउसले जनाएको छ। राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त गरेका दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गरेका छन् भने कतिपयले उनीसँग काम गर्न नसकेको भन्दै राजीनामा दिएका छन्। विदेश मन्त्रालयमा कार्यरत नवनियुक्त राष्ट्रिय सुरक्षा सल्लाहाकार रोवर्टसँग बैदेशक मामिलाबारे लामो अनुभव रहेको छ। आप्रवासन सम्बन्धि नीति र इरानसँगको तनावसँग कसरी जुध्ने भन्ने विषय रोवर्टको पहिलो जिम्मेवारी हुने छ। नियुक्तिपछि संवाददाताहरु कुरा गर्दै राष्ट्रिय सुरक्षा सल्लाहाकार रोवर्टले थुप्रै चुनौतीहरुको सामना गर्नु परे पनि आफुसँग सहकार्य गर्ने ठूलो टिम रहेको बताए।