Wednesday, October 7, 2026
Home समाचार अशक्त सरकारी कर्मचारीलाई सेवा सुविधा थपेर अवकाश दिइने

अशक्त सरकारी कर्मचारीलाई सेवा सुविधा थपेर अवकाश दिइने

198

असार ३०,
काठमाडौ। निजामती कर्मचारी हिंसा वा कुनै दुर्घटनामा परेर सरकारी सेवाका लागि अयोग्य भएमा ७ वर्षे सेवा सुविधा थप गरी अनिवार्य अवकाश दिने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को यो व्यवस्थामा सहमति जुटाएको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बहालवाला कर्मचारी शारीरिक तथा मानसिक रुपमा अशक्त भएमा उसलाई ७ वर्षको सेवा, सुविधा थप गरी अवकाश दिने कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिए ।

सरकारले कार्य क्षेत्रमै शारीरिक तथा मानसिक रुपमा अशक्त भएका कर्मचारीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था पनि गरेको छ । उनीहरुको अवस्थालाई हेरेर मन्त्रिपरिषद बैठकले पनि विशेष व्यवस्था गर्ने प्रावधान पनि विधेयकमा छ । कांग्रेस सांसद डा. डिला संग्रौलाले शारीरिक तथा मानसिक रुपमा अशक्त कर्मचारीलाई ७ वर्ष सेवा, सुविधा थप गरी अवकाश दिने गरी सरकारले ल्याएको सो विधेयकको प्रावधानमा आफ्नो पार्टी सहमति रहेको बताएका छन् ।