Friday, September 18, 2026
Home समाचार अझै तीन दिन वर्षा हुने, केही स्थानमा भारी वर्षाको सम्भावना सतर्क रहन...

अझै तीन दिन वर्षा हुने, केही स्थानमा भारी वर्षाको सम्भावना सतर्क रहन आग्रह

270

असार २५,
काठमाडौं । मंगलबारदेखि सुरु भएको वर्षा अझै लगातार तीन दिनसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले बताएको छ । मनसुन न्यून चापीय रेखा नजिक रहेकोले अझै तीन दिनसम्म नियमित वर्षा हुने विभागले जनाएको हो ।

देशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहनसमेत विभागले आग्रह गरेको छ ।