असार २५,
काठमाडौं । मंगलबारदेखि सुरु भएको वर्षा अझै लगातार तीन दिनसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले बताएको छ । मनसुन न्यून चापीय रेखा नजिक रहेकोले अझै तीन दिनसम्म नियमित वर्षा हुने विभागले जनाएको हो ।
देशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहनसमेत विभागले आग्रह गरेको छ ।