असार २५,
काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने फिल्म ‘झिङ्गेदाउ’मा नायिका केकी अधिकारी मुख्य नायिकामा पक्का भएको खबर सार्वजनिक भएको छ । फिल्ममा केकीसँगै ‘बुलबुल’ फिल्मका चोपेन्द्र उर्फ मुकुन भूषाल पक्का भएका छन् । मुकुन र केकीले ‘झिङ्गेदाउ’मा पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । यद्पी फिल्मको लागि मुख्य कलाकार फाइनल हुंन बाँकी रहेको बुझिएको छ ।
केहि दिनमा औपचारिक कार्यक्रम गरेर ‘झिङ्गेदाउ’ बारे सम्पूर्ण जानकारी गराउने निर्माण टिमको योजना छ । सामाजिक कथामा आधारित हुने फिल्म ‘झिङ्गेदाउ’ को सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा छायांकन गरिनेछ । कपनगढी सिनेमा प्रा.लि बाट निर्माण हुने फिल्ममा अर्जुन पोखरेलको संगीत र प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहनेछ ।